राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्‍डारीलाई कोरोना पोजेटिभ भएको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेशकुमार काफ्लेले राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको पुष्टि गरे। 'हो सम्माननीय राष्ट्रपतिज्युलाई कोरोना संक्रमण भएको छ। केही दिन अस्पतालमै आराम गर्न हामीले सुझाएका छौं,' उनले अन्नपूर्णसँग भने।

निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शुक्रबार शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि डेंगुको संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.