पहिरोमा पुरिएर मुगुमा आठ जनाको मृत्यु, ५ घाइते, दर्जनौं घर भत्किए

पहिरोमा पुरिएर मुगुमा आठ जनाको मृत्यु, ५ घाइते, दर्जनौं घर भत्किए

 मुगु  : लगातार परेको बर्षाको कारण छाँयानाथ रारा नगरपालिका–११ तलि सालिमामा घर माथिबाट आएको पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ। दशैंको रातिबाट लगतार परेको बर्षाका कारण आइतबार दिउँसो ३ बजे घरको माथिबाट आएको बर्षाका कारण  छाँयानाथ रारा नगरपालिका–११ तलि सालिमका दुई घरका आठ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोमा परेर ५ जना घाइते भएका छन् भने जिल्ला भर दर्जनौं घर भत्किएर सर्वसाधरण घरबारबिहिन बनेका छन्।

आइतबार हजारी भग्रिको घरमाथिबाट पहिरो आउन थालेपछि हजारीका परिवारले घरभित्रको सबै सामान छिमेकी मानबहादुर भग्रीको घरमा सारेर दुबै घरपरिवार मानबहादुरको घरमा बसेका थिए। दुबै परिवार घर भित्र बसेका बेला माथिबाट आएको पहिरोले घर भत्किँदा दुबै परिवारका ८ जनाको मृत्यु भएको छाँयानाथ रारा नगरपालिका–११ का वडा अध्यक्ष कुन्जुमा कुमाईले जानकारी दिइन्। पहिरोमा पुरिएर मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–११ कि ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय बीरबहादुर भग्री, १५ वर्षीय चक्रबिर बोहोरा, २० वर्षीय सक्क बहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजीरा भग्री रहेको वडा अध्यक्ष कुमाईले जानकारी दिइन्।

आइतबार दिउँसो ३ बजे घटना भएको भएपनी दशैंदेखि जिल्ला भर संचार सेवा अबरुद्ध हुँदा घटना जिल्ला प्रशासन तथा प्रहरीमा सोमबार बिहान १० बजे संचारले काम गरेपछि मात्र जानकारी आएको थियो। सर्वसाधरणमार्फत प्रशासन र प्रहरीमा घटनाको जानकारी आएपछि उद्धारकालागी नेपाल प्रहरी, नेपाली सेना र शस्त्र प्रहरीको २५ जनाको टालीलाई बिहान ७ बजे घटनास्थलतर्फ पठाइएको छ। तर घटनास्थलतर्फ जाने बाटो पुल सबै पहिरो र बाढीले बगाएपछि लामो बाटो भएर जानुपर्ने हुँदा सुरक्षाकर्मीको टोली पुग्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभाष हुमालले जानकारी दिए।

घटनास्थलमा अहिले स्थानीयहरुले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन्। सुर्खेतबाट हेलिकोप्टर उद्धारका लागि जाने तयारी गरेपनि प्रतिकूल मौसमले हालसम्म घटनास्थलमा जान सकेको छैन।

अझै जिल्लाभर के कति भौतिक तथा मानबिय क्षति भएको भन्ने जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान मात्र केही गाँउमा पुग्दा दर्जनौं घर भत्किएका छन। यातायात पूर्णरुपले अबरुद्ध छ।
पहिरो र बाढीले गमगाड जलविद्युत समेत अवरुद्ध भएको  प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी महतका अनुसार छाँयानाथ रारा नगरपालिका–११ मा भएको घटना पीडित तथा अन्य गाँउलेहरुलाई तत्काल सुरक्षित स्थानमा राख्नका लागी वडा अध्यक्षसँग समन्वय भइरहेको र सबै गाउँलेलाई प्रभात माबि रोवामा लगिएको छ। उनीहरुलाई तत्काल राहतका लागी जिल्ला गैर सरकारी संस्थासँग समन्वय गरि तत्काल राहत वितरण गरिने, औषधी र डाक्टरको टोलीसहित आफु घटनास्थलतिर पुग्ने प्रमुख जिल्ला अधिकारी महतले बताए।

मौखिक जानकारी दिएको भएपनि अहिलेसम्म पहिरो पीडितहरुको उद्धार तथा राहतका लागि जिल्लास्थित सरकारी तथा गैर सरकारी संस्थाहरु नपुग्दा पहिरो पीडित गाँउलेहरुको उद्धार  छिमेकी गाउँलेहरुले गरेका छन्। सबै जना भोक भाकै विद्यालयमा राखिएको स्थानिय झुमान सिंह कुमाईले बताए।

बर्षातले खत्याड गाँउपालिका–९ को खोलीबाडा सोही वडाका देनबाडाका पूरै बस्ति बिस्थापित भएपछि विद्यालयमा राखिएको छ। छाँयानाथ रारा नगरपालिकाको भामबाडा, ढुमा, कार्कीबाडा पिना, तुमा, बालै घुईर, झयारी, टोप्ला, कोटीला, लगायत एक दर्जन बस्तीका सयौं घर परिवार विस्तापित भएका स्थानियहरुले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.