एमालेको समर्थनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध

एमालेको समर्थनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध

बेंसीसहर : मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरूङ (दीपक मनाङे) निर्विरोध हुने भएका छन्। अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने भएका हुन्।

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए। उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहेको हो।  गुरुङविरुद्ध दाबी विरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने उनले बताए। १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउने मुख्य निर्वाचन अधिकृत सिलवालले जानकारी दिए।

दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा दीपक मनाङेलाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बुधबार बिहान फेसबुकमार्फत जानकारी गराएका छन्।

राजीवले मनाङ प्रदेश ‘२’मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताएका छन्। उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउँदै आएका छन्। उनले गण्डकी प्रदेशमा मन्त्री रहेपनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन्।

एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’का उम्मेदवार राजनबहादुर गुरुङले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.