मैले पनि उहिल्यै रुखमा भोट हालिसकेको हुँ : प्रचण्ड

मैले पनि उहिल्यै रुखमा भोट हालिसकेको हुँ : प्रचण्ड

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेससँग गरिएको गठबन्धन नै 'नेचुरल' भएको दाबी गरेका छन्। 

गठबन्धन दलका अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले १२ बुँदे समझदारी र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलबीच गरिएको गठबन्धन नै वास्तविक गठबन्धन भएको दाबी गरेका हुन्।

'शान्ति सम्झौताको दायाँतिर नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको हो। बायाँतिर मैले हस्ताक्षर गरेको छु', उनले भने, '१० वर्षे जनयुद्ध अन्त्य गरी मुलुकलाई शान्ति प्रक्रियामा लैजान अरू राजनीतिक दलले पनि सहयोग गरेका हुन्, तर मुख्य भूमिका कांग्रेस, माओवादीकै हो। अहिले यी दुई पार्टीका बीच गठबन्धन भएको छ। यो नै नेचुरल गठबन्धन हो।'

केही समयअघि नेकपा एमालेसित गरिएको गठबन्धन जालझेल, तिकडम र अनेक षड्यन्त्रका कारण तोड्न बाध्य भएको भन्दै उनले त्यस घटनाबाट आफूले मुलुकलाई प्रतिगमनबाट जोगाउने पाठ सिकेको बताए। 

'यो गठबन्धनलाई अपवित्र भन्नेहरूले विस्तृत शान्ति सम्झौता, बृहत् शान्ति प्रक्रियाको महत्व बुझ्नु भएको रहेनछ भन्ने पुष्टि गर्दछ, तपाईंहरूले संविधानसभा, संघीयता, गणतन्त्रको महत्व बुझ्नु भएको रहेनछ भन्ने पुष्टि हुन्छ', उनले भने, 'तसर्थ यदि कोही कांग्रेस कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न हात अघि बढ्दैन भने, यदि कोही माओवादी कार्यकर्तालाई रुखमा भोट हाल्न हात अघि बढ्दैन भने तपाईहरूले शान्ति प्रक्रियालाई राम्रोसित आत्मासात गर्नुभएको रहेनेछ। गिरिजाप्रसादले त उहिल्यै हँसिया हथौडामा भोट हालिसक्नु भएको हो। मैले पनि उहिल्यै रुखमा भोट हालिसकेको हुँ।' 

गिरिजाप्रसाद र आफ्नो कार्यगत एकता वा गठबन्धनले नै मुलुक यो अबस्थामा अघि बढिरहेको उनको भनाइ थियो। बाँकी कार्यभार पूरा गर्न अहिलेको गठबन्धन अपरिहार्य रहेको भन्दै उनले यसलाई नेचुरल गठबन्धनको संज्ञा दिएका हुन्।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उम्मेद्वार सुरेन्द्रराज पाण्डेले बृहत् शान्ति सम्झौतामा गिरिजाप्रसाद र प्रचण्डले हस्ताक्षर गर्न हुन्छ भने कांग्रेसलाई माओवादीले, माओवादीलाई कांग्रेसले भोट हाल्न हिच्किचाउन नहुने तर्क गरे। 

'गिरिजा प्रसाद र प्रचण्डले पहिल्यै गठबन्धन गरिसक्नु भएको हो। एउटाले अर्कालाई पहिल्यै भोट हालिसक्नु भएको हो भने उहाँकै इमान्दार कार्यकर्ता हामीले एक अर्काको चुनाव चिह्नमा भोट हाल्न किन हिच्किचाउने?' पाण्डेले भने, 'यो गठबन्धनलाई यो चुनावसम्म मात्र होइन, विकास र संवृद्धिको यात्रा अघि बढाउन पनि यसलाई अघि बढाइरहनु पर्छ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.