न्यायीक कामका एकरुपता ल्याउन न्यायधीशसँग अन्तरक्रिया
रामेछाप : स्थानीयले सरकार अन्तर्गत न्यायीक समितिले सम्पादन गर्ने काममा एकरुपता ल्याउन रामेछापमा जिल्ला अदालतसँग अन्तरपालिका न्यायीक समिति समन्वय कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्लाका ८ वटै स्थानीय तहका न्यायीक समितिका संयोजक, समितिका सदस्य र कानूनी सहजकर्ताको सहभागिता रहेको कार्यक्रमलाई जिल्ला न्यायधीश इन्दिरा शर्मा र श्रेस्तेदार रामप्रसाद पौडेलले सहजीकरण गरेका थिए ।
स्थानीय सरकार अन्तर्गत रामेछाप जिल्लाका न्यायीक समितिले सम्पदान गर्ने कार्यमा एकरुपता ल्याउन सञ्चालन गरिएको कार्यक्रम उपयोगी भएको रामेछाप नगरपालिका न्यायीक समितिका संयोजक बालकुमारी कार्कीले बताइन ।
कार्यक्रममा न्यायीक समितिले आफ्नो क्षेत्रकाधिकारभित्र रहेर गर्ने आदेश, सुनुवाइ, फैसला, जाहेरी र जाहेरी फिर्ताको ढाँचामा एकरुपता ल्याउन ८ बुँदे साझा प्रतिबद्धता पत्र समेत जारी गरिएको छ ।
साझा प्रतिवद्धता पत्रमा उल्लेख भएका बुँद्धाहरु कार्यान्वयन गर्न आफूहरु प्रतिवद्ध रहेको न्यायीक समितिका संयोजकहरुले बताएका छन् ।
जिल्ला न्यायधीशसँगको अन्तर्क्रियापछि न्यायको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज रुपमा न्याय दिलाउन सहयोग पुग्ने विश्वास लिइएको न्यायीक समितिका लिखु तामाकोशी गाउँपालिका संयोजक दीपा पाख्रिनले बताइन ।
न्यायको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज न्यायको पहुँचमा ल्याउन न्यायीक समितिको महत्वपूर्ण भूमिका हुने जिल्ला न्यायधीश शार्माले बताइन ।