तत्काल राजीनामा दिनुपर्ने बाध्यता छैन : मन्त्री साह
महोत्तरी : सरकारबाट तत्काल राजीनामा दिनुपर्ने कुनै बाध्यता नरहेको मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले बताएका छन्।
आज बर्दिबासमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले अहिले राजीनामा दिनुपर्ने कहिकतैबाट कुनै किसिमको दबाब नआएको स्पष्ट पारेका छन्।
मन्त्री साहले भने, 'हामीहरू कांग्रेस बाहेकका तीन दल बसेर सरकार सञ्चालन सम्बन्धमा छलफल गरेका छौं। फलस्वरूप सोही अनुसार अहिले सरकार सञ्चालन भइरहेको छ। हामीहरूबीच सहमति भएअनुसार अब राजीनामा दिनुपर्ने कुनै कारण देखिएन्। अब लालबाबु नेतृत्वको सरकार चुनावको नतिजासम्म रहि रहन्छ। हेरफेर वा राजीनामा भन्ने शब्द अब बाहिरिदैन।'
कांग्रेसका तीन जना मन्त्री सरकारबाट बाहिरिएको प्रश्नको जवाफ दिँदै मन्त्री साहले भने, 'उहाँहरूको राजीनामा नैतिकताभन्दा पनि सान्दर्भिकता देखिएन्। संघीय सरकारले जनता समाजवादी पार्टीका मन्त्री सरकारबाट बाहिरिएपछि यस प्रसंगको चर्चा चुलिएको हो। सोही समयमा उहाँहरूले राजीनामा दिएका हुन्।'
निर्वाचन नजिकमा आएपछि सरकारमा बसेर अब कुनै काम नभएपछि राजीनामा दिनसक्ने उनको आँकलन रहेको छ।
प्रतिक्रिया दिनुहोस !