मधेश प्रदेशका गृहमन्त्री साह दम्पती नै चुनावी मैदानमा

मधेश प्रदेशका गृहमन्त्री साह दम्पती नै चुनावी मैदानमा

महोत्तरी : अगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य पदका लागि महोत्तरी क्षेत्र नं. १ (ख) को तर्फबाट मधेश प्रदेशका गृहमन्त्री भरत साह सतारुढ गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार बनेका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका साहले दोस्रोपटक सोही पदका लागि उम्मेदवारी दिएका हुन्।

सोही पदका लागि उनकी श्रीमती दिलकुमारी साहले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन्। पार्टीतर्फबाट कहीं कतै स्थान नपाएपछि साहले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका पार्टीका एक नेताले बताए। दिलकुमारी साहले पार्टीबाट समानुपातिक रुपमा प्रतिनिधीसभा सदस्य भइ कार्यकाल बिताइसकेकी छन्।

वि. सं. २०७४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीबाट विजयी भएका साह हाल मधेश प्रदेश सरकारका गृह तथा संचारमन्त्री रहेका छन्। तत्कालीन समयमा साहले आफ्ना निकटम प्रतिद्वन्द्वी विनोदकुमार महतोलाई ४८८ मत अन्तरले पराजित गरेका थिए। त्यस्तै उनकी श्रीमती दिलकुमारी साह समानुपातिक कोटाबाट प्रतिनिधीसभा सदस्यको रुपमा मनोनित भएकी थिइन्।

यता नेकपा एमालेबाट टिकट नपाएर प्रमोद कुमार महतोले स्वतनत्र उम्मेदवारी दिएका छन्। उनका भाइ नविन कुमार कुशवाहाले पनि सोही पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालय वर्दिवासले जनाएको छ।

२२ जना उम्मेदवार रहेको महोत्तरी क्षेत्र नं. १ को (ख) प्रदेशसभा सदस्य पदका लागि यसपटक १७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय वर्दिवास स्रोतको तथ्यांकमा उल्लेख रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.