अनुगमन नहुँदा गौशाला बजारमा उपभोक्ता ठगिँदै

अनुगमन नहुँदा गौशाला बजारमा उपभोक्ता ठगिँदै

महोत्तरी : चाडपर्वको पूर्वसन्ध्यामा समेत यहाँका बजारमा अनुगमन नहुँदा उपभोक्ताहरू ठगिँदै आएका छन्। 

अनुगनमको पूर्ण अधिकार स्थानीय सरकारको मातहतमा रहेको र सम्बन्धित पक्षबाट कुनै ठोस पहल हुन नसक्दा पर्वको बजार गर्न आएका ग्राहकहरू व्यापारीबाट प्रत्यक्ष रूपमा ठगीमा पर्ने गरेको उपभोक्ताहरूको भनाइ रहेको छ।

केही दिन अगाडि मात्र गौशाला बजारमा विना म्याद भएको पाउरोटी फेला परेको थियो। जुन सामाजिक सञ्जालमा धेरै नै चर्चाको विषय बनेको थियो। 

मानव जीवनको स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने किसिमको गुणस्तरहीन, म्याद नाघेको खाद्य सामग्रीहरू खुलेआम बिक्री हुँदा समेत स्थानीय सरकार मौन हुनुको रहस्य अझ पनि रहस्यमय बन्दै गएको छ। 

आफू हरपल सहयोगका लागि तयार छु : प्रहरी निरीक्षक मिश्र

बजारमा उपभोक्ता ठगिएको गुनासो आएपछि सम्बन्धित निकायमा आफूले बारम्बार ध्यानाकर्षण गराउँदै आएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए। 

प्रहरी निरीक्षक मिश्रले अहिले पर्वको बजार भएकाले ग्राहकहरू स्वाभाविक रूपमै ठगिँदै आएका छन्। आफूले चाहेर पनि अनुगमन वा कारवाही गर्न सक्ने अवस्था नरहेको प्रहरी निरीक्षक मिश्रले बताए। 

नगर सरकारको मातहतमा अहिले बजार अनुगमन अधिकार रहेकाले आफनो प्रहरी टिमले हरसम्भव जनमुखी कार्य गरिने उनले प्रतिवद्ध जनाएका छन्।

नगरप्रमुखकै कारण बजार अनुगमन हुन सकेन् : उपमेयर महतो

गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले अन्तिम समयमा आएर रोकिएपछि बजार अनुगमन गर्न नसकिएको उपमेयर रेणु महतोले बताएकी छिन्। 

बुधबार पत्रकारसँगको कुराकानीको क्रममा उपमेयर महतोले भनिन्, 'नगरको राजस्व शाखाको समन्वयनमा छलफल भएर गौशाला बजारमा अनुगमन गर्ने तयारी भएको थियो। हिजो मेयरसँग यस विषयमा केही बेर कुराकानी हुँदा समेत उहाँ सकारात्मक हुनुहुन्थ्यो। आज एकाएक कसरी उहाँले अनुगमनलाई रोक्नुभयो। यसको रहस्य मलाई पनि अझ थाहा भएको छैन।'

सूचना लिक भएपछि रोकिएको हुँ : मेयर महतो

यस सम्बन्धमा गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले अनुगमनको सूचना लिक भएपछि बजार अनुगमन अन्तिम समयमा आएर रोकिएको बताएका छन्। 

मेयर महतोले भने, 'उपमेयर नेतृत्वको टोलीले बजार अनुगमन गर्ने निर्णय गरियो। बैठकमा आफू उपस्थित नभएपछि सकारात्मक थिएँ। पछि बजारमा अनुगमन गर्ने विषय चर्चा हुन थालेपछि बजार अनुगमन कार्य रोकिएको हो।' 

आफू स्वास्थ्य पेशाबाट आएकाले गुणस्तरीय खाद्य पदार्थ उपभोक्ताले पाउनुपर्ने र अनुगमनको कार्य अनिवार्य रूपमा हुनुपर्नेमा मेयर महतोले जोड दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.