महोत्तरीमा भएको घटनाको छानबिन गर्न निर्देशन

महोत्तरीमा भएको घटनाको छानबिन गर्न निर्देशन

महोत्तरी : महोत्तरीको भंगहा नगरपालिका-८ पडरियामा भएको हिन्दू र मुस्लिम समुदाय बीचको झडपको सत्यतथ्य छानबिनका लागि मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त निर्देशन दिएका छन्। 

शुक्रबार आयोगका दत्तले घटनाका विषयमा सत्यतथ्य विषयमा सुक्ष्म रूपमा अनुसन्धान गर्नका लागि महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।

अध्यक्ष डा. दत्तले फोन सम्पर्क गरी प्रमुख जिल्ला अधिकारीसँग घटनाका बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउनका लागि निर्देशन दिएका छन्। 

अध्यक्ष दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन्।

हिजो भाइटिकाको दिन पडरियाबाट हिन्दू सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकालिएपछि त्यहाँ मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुडा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो। 

अध्यक्ष डा. दत्तले संयमित भएर एकआपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्‍याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.