वडाअध्यक्ष रानाको रामशाहघाटमा अन्त्येष्टि
गोरखा : गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको शुक्रबार अन्त्येष्टि गरिएको छ।
केही समय गोरखा अस्पताल प्रांगणमा र त्यसपछि मदन आश्रित स्मृति भवन (नेकपा एमाले पार्टी कार्यालय) चाइनिज धारामा श्रद्धाञ्जली सभापछि अपराह्न ३ बजे परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टिका लागि शुभेच्छुक, शुभचिन्तकहरू मझुवा देउरालीस्थित रामशाहघाटसम्म शवयात्रा गर्दै गएका थिए। वडाअध्यक्ष रानाको भाइटीकाको दिन (बिहीबार) बेलुका करिब साढे ७ बजे असामयिक निधन भएको थियो।
घरमै बसिरहेको बेला साँझ एक्कासि लडेर बेहोस भएपछि गोरखा अस्पताल पुर्याइयो उनलाई गोरखा अस्पतालले मृत घोषणा गरेको थियो।
युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !