'महोत्तरीको शैक्षिक हव विस्तारका लागि सतारूढ गठबन्धनको विजयी अनिवार्य'

'महोत्तरीको शैक्षिक हव विस्तारका लागि सतारूढ गठबन्धनको विजयी अनिवार्य'

महोत्तरी : शैक्षिक हवका रूपमा महोत्तरीलाई विस्तार गर्नका लागि सत्तारूढ गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुपर्ने अनिवार्य रहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले बताएका छन्। 

शुक्रवार महोत्तरीको गौशालामा सत्तारूढ गठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पोखरेलले विगतमा सुरु गरिएको यस अभियानलाई सफल बनाउनका लागि सत्तारूढ गठबन्धनको विकल्प नरहेको स्पष्ट पारेका छन्।

महोत्तरी क्षेत्र नं. १ का सत्तारूढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार समेत रहेका नेता पोखरेलले भने, 'यस निर्वाचन क्षेत्रमा अनेकन विषयको पठनपाठनका निम्ति आफू मन्त्री रहेको समयमा शिक्षामा लगानी गरेको र अझ शिक्षालयमा सुधारको आवश्यकता रहेकोले सोही अधुरा कार्य पूरा गर्न उम्मेदवारी दिएको छु। यसपटक जितेर गएपछि पहिलो प्राथमिकतामा यही नै रहनेछ।'

उनले विष्णु लामा लगायतका अन्य बागी उम्मेदवारलाई पुनर्विचार गरेर सतारूढ गठबन्धनलाई विजयी गराउनका लागि भूमिकामा आउनका लागि आग्रह गरेका छन्।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गठबन्धनले जहिले पनि जनताको सान, मान र शिर उँचो गर्ने भूमिकामा रहेको बताए। 

हाम्रा गठबन्धनको विजयीले तमाम जनमानसको साझा मुद्दालाई सम्बोधन गरेर जनमुखि सरकार निर्माण गरिने गरी कार्यसम्पादन हुनेमा मन्त्री शाहले जोड दिएका छन्।

त्यस्तै राष्टियसभाकी पूर्व उपाध्यक्ष शशिकला दाहालले संविधानसभा विघटन भएपश्चात् गठन भएको सो सहयात्रा अझ आगामी दिनमा रहिरहने धारणा राखिन्। 

देशको विकास एउटै दलले गर्न असम्भव भएपछि सत्तारूढ पाँच दलीय गठबन्धनको आवश्यकता परेको उपाध्यक्ष दाहालले बताइन्।

गौशालाको कर्भड हलमा आयोजित कार्यक्रममा पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.