आफ्नै कार्यकर्ता विपक्षी उमेदवार, खतिवडालाई भारी बन्दै बर्तौला

आफ्नै कार्यकर्ता विपक्षी उमेदवार, खतिवडालाई भारी बन्दै बर्तौला

मकवानपुर : मकवानपुर क्षेत्र नम्बर २ का सदाबहार उम्मेदवार हुन् विरोध खतिवडा। २०४३ सालदेखि चुनाव लड्दै आएका खतिवडा यो पटक भने आफ्नै कार्यकर्तासँग चुनावी प्रतिस्पर्धामा छन्। मकवानपुर प्रतिनिधिसभा २ सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता खतिवडालाई उम्मेदवार बनाएको छ। 

विद्यार्थी राजनीतिदेखि उनकै स्कुलिङमा राजनीतिमा प्रवेश गरेका महेश बर्तौला नेकपा एमालेबाट उनीसँगै प्रतिस्पर्धा गर्दैछन्। गुरु चेलाबीचको चुनावी प्रतिस्पर्धाले चुनावी रौनक बढेको छ। मकवानपुर २ मा खतिवडा छैटौं पटक उम्मेदवार बनेका हुन्। नेकपा एमालेबाट खतिवडाले २०४८, २०५१, २०५६ र २०७४ मा चुनाव जितेका छन्। यो पटक भने खतिवडालाई ठूला दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई साथमा लिएर ठूलो जनमत आफ्ना पक्षमा पार्नुपर्ने चुनौती छ। ‘मतको हिसाबले मलाई जित्न समस्या छैन, गठबन्धनका सबै दलले इमान्दारितापूर्वक आफ्नो काम गरिरहेको छ’, खतिवडाले भने, ‘मलाई चुनाव सहजै जित्ने विश्वास छ।’ 

नेकपा एकीकृत समाजवादीबाट उनकै नेतृत्वमा पहिलो पटक सरकारमा सहभागिता जनाइएको थियो। शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा स्वास्थ्य मन्त्री भएका खतिवडा चार पटक सांसद भए पनि मन्त्री बन्न सकेका थिएनन्। २०७४ को निर्वाचनमा खतिवडा ४६ हजार ४ सय ८१ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटत प्रतिस्पर्धी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन्। डिना यो पटक मकवानपुर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार छिन्।

नेकपा एमालेले विद्यार्थी नेता महेश बर्तौलालाई मकवानपुर २ मा उम्मेदवार बनाएको छ। खतिवडालाई २०७४ को प्रतिनिधिसभा चुनावमा जिताउन खटिएका बर्तौला आफैं यो पटक प्रतिस्पर्धी भएका हुन्। अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भएका बर्तौलाले विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षमै संसदीय चुनावको टिकट पाएका हुन्। उनलाई विद्यार्थी राजनीतिमा ल्याउन खतिवडाले पनि महत्वपूर्ण भूमिका खेलेका छन्। 

तर, खतिवडाले एमाले छाडेपछि भने उनलाई मकवानपुर २ बाट टिकट लिन सहज भएको हो। यस क्षेत्रमा एमालेलाई राप्रपाको साथ छ। ‘मेरो हजुरबुवादेखि मैलेसम्म उहाँलाई पटकपटक मतदान गरेका छौं’, बर्तौलाले भने, ‘फेरि पनि पुरानै पुस्ता, अब नयाँ नेतृत्व जनताले चाहेका छन्।’ 

गठबन्धनभित्रको ठूला दलको मत आफ्नो पक्षमा पारेर जित्ने चुनौती खतिवडालाई छ। बर्तौलालाई भने चार पटकसम्म लगातार संसदीय निर्वाचन जितेका खतिवडालाई हराएर स्थापित हुने चुनौती छ। खतिवडा छैटौं पटक चुनावी मैदानमा होमिएका हुन्। बर्तौला पहिलो पटक संसदीय निर्वाचन लड्दैछन्। 

गठबन्धन दललाई आफ्नो मत जोगाउन पनि चुनौती छ। गठबन्धन दल नेपाली कांग्रेसबाट लामो समय यसै क्षेत्रमा राजनीति गरेका भरत पराजुली राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्। लामो समय कांग्रेसमा राजनीति गरेका कारणले पनि उनले कांग्रेसभित्रको केही मत प्रभाव पार्न सक्ने आकलन गरिएको छ। ‘कांग्रेसभित्रबाट र स्वतन्त्र मतहरूको पनि मलाई राम्रो समर्थन छ’, पराजुलीले भने, ‘नयाँ पार्टी भए पनि मेरो माहोल राम्रो छ।’

स्थानीय तह २०७९ मा वडाध्यक्षहरूले प्राप्त गरेको मत परिणामअनुसार यस क्षेत्रमा सत्ता गठबन्धन दल अगाडि छ। गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको ५४ हजार ४ सय २२ रहेको छ। नेकपा एमालेको मत ३८ हजार १ सय ९३ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.