छठमा बेहुलीझैं सिंगारियो मेची नदी किनार (तस्बिरसहित)

छठमा बेहुलीझैं सिंगारियो मेची नदी किनार (तस्बिरसहित)

झापा : नेपाल–भारतको सीमा नाकासँग जोडिएको भद्रपुर–५ स्थित मेची नदी किनारमा छठ पर्वको सम्पूर्ण तयारी पूरा भएको छ ।

आज आइतबार बेलुका अस्ताउँदो सूर्य र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन यसवर्ष पनि मेची नदी नयाँ बेहुलीझैं सिंगारिएको छ । नेपाल र भारत दुवै देशका व्रतालु परिवारजनले मेची किनारमा एक साथ छठ पर्व मनाउँदै आएका छन् ।

भारतको बङ्गाल तथा विहार गरी दुईवटा राज्यसँग जोडिएको मेची नदीमा मनाइने प्रदेश एककै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्वको रुपमा चिनिएको छ । जसकारण यहाँ छठ पर्वको महत्त्व र विशेषता छुट्टैछ । नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वारहुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा सयौं पूजास्थल (घाट) निर्माण गरिएको छ । पूजास्थललाई केराको बोट, विभिन्न प्रकार फूल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिएको छ ।  

उता मेची नदी पूर्वपट्टिको भागमा गलगलियाबासी पनि पण्डाल र घाट व्यवस्थापनको काम पूरा गरिसकेको छ ।  नदीमा किनारमा बिजुलीबत्ति जडान, एउटा अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मूर्ति स्थल निर्माणको काम पूरा भइसकेको मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले बताए । 

अनुमानित ४ लाख बजेट खर्च हुने बताउँदै उनले भने, 'भद्रपुर नगरपालिका, चन्दादाता, भक्तजन, सङ्घसंस्थाबाट रकम सङ्कलन गरिएको छ ।’ उता युनिक समूहले भने आफैले घाट निर्माण गरिसकेको छ । समूहले १० फुट घाटको १५०० सय रुपैयाँसम्म लिएको समूहका निवर्तमान अध्यक्ष नारद राजवंशीले बताए । गरिब तथा विपन्न परिवारका लागि २० वटा घाट निःशुल्क उपलब्ध गराउने उनको भनाइ छ ।

मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् । मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने गरेको आयोजक समितिको ठहर छ । ‘मेचीसहित, विरिङ, निन्दा, अदुवा, देउनियाँ, हडिया, माई, कनकाई, मावा, कमललगायतका नदीहरूमा पनि छठ पूजाको तयारी पूरा भइसकेको छ । 

नदी किनारमा स्थायी रुपमा सूर्य मन्दिर निर्माण

मेची निर्भर पार्क निर्माणले नदीको किनारको मुहार फेरेसँगै युनिक समूह भद्रपुरले नदी किनारमा स्थायी सूर्य भगवानको मूर्तिसहित मन्दिर निर्माण गरेको छ । अघिल्लो वर्ष नै देवीवस्तीको नदी किनारमा स्थायी सूर्य भगवानको मूर्ति राख्ने अभियान थालिएको बताउँदै युनिक समूहका अध्यक्ष प्रकाश राजवंशीले भने, ‘यस वर्ष सूर्य भगवानको मूर्ति राख्ने काम पूरा भएको छ, आज छठ पर्वको मुख्य दिनमा विशेष पूजाआर्चना गरी विधिवत् रुपमा उद्घाटन हुँदैछ ।’

वडा कार्यालयको ५ लाख बजेट र बाँकी अपुग रकम विभिन्न दाताहरूबाट सङ्कलन गरी सूर्य मन्दिर निर्माण गरिएको उनले बताए । मन्दिर निर्माणाधीन अवस्थामै छ । मन्दिरको छतसँगै रंगरोगन, ग्रील, प्लास्टर, बिजुली जडानको काम बाँकी नै छ । आउँदो वर्षभित्र यसले मन्दिर निर्माण भइसक्ने अभियानमा रहेको उनको भनाइ छ ।

‘हरेक वर्ष छठ पर्वको दिन माटोले निर्मित सूर्य भगवानको मूर्ति खरिद गरेर ल्याउनुपर्ने बाध्यता थियो,’उनले भने, ‘यस वर्षदेखि अस्थायी मुक्ति खरिद गर्ने समस्याको अन्त्य भएको छ ।’

म्यादीसहित २०० बढी सुरक्षाकर्मी परिचालन गरिने

प्रहरीले भिडभाडलाई मध्यनजर गरी यसवर्ष कुनै पनि सवारीसाधन मेची नदी किनारसम्म लैजान रोक लगाउने भएको छ । व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाको दृष्टिकोणलाई लक्षित गर्दै भद्रपुर मावि, भद्रपुर भन्सार कार्यालय र पशुपति प्रावि अगाडिबाटै ट्याक्टरसहित ट्याम्पो, राँगागाडा, मोटरसाइकल, चार पाङग्रे सवारीसाधनमाथि रोक लगाउने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर ऋषि ढकालले जानकारी दिए । व्रतालु परिवारजनले लिएर आउने साना सवारीसाधनलाई मेची नदी किनारसम्म जाने अनुमति दिने निर्णय भएको छ ।

सीमावर्ती मेची नदीको छठ पूजामा हजारौं भक्तजनहरू आउने अनुमान गरिएकोले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन दुवै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा योजना बनाइएको इन्स्पेक्टर ढकालले बताए ।
आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीको सहकार्यमा छठ पूजाका दिन नदी किनार दुई सय बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाल प्रहरी, ट्राफिक र म्यादी प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी ६० परिचालन हुनेछ ।

छठ पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.