झापामा ओली, सिटौला, खरेलसहित २० जना उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने

झापामा ओली, सिटौला, खरेलसहित २० जना उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने

झापा : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा उम्मेदवारी दिएका शीर्ष नेताहरु आफैलाई मतदान गर्न नपाउने भएका छन् । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलसहित २० प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू आफैलाई मतदान गर्न नपाउने भएका छन् । 

निर्वाचन आयोगले मतदाता नामावली भएका क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था गरेसँगै उम्मेदवार स्वयम् आफूलाई मतदान गर्नबाट बञ्चित हुनु परेको हो।

एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर २ मा छ । उनको मतदान केन्द्र बालकोटस्थित महेन्द्र शान्ति मावि हो । उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यसअघि शरणामती–६ बाट मतदान गर्दै आएका उनले मतदाता नामावली भक्तपुर सारेका हुन । कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिटौलाले विश्वप्रकाश शर्मालाई मतदान गर्न पाउने भएका छन् । 

झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका सिटौलाको मतदान केन्द्र झापा १ मा पर्छ । भद्रपुर ९ र १० नम्बर वडा झापा १ मा परेकोले उनले आफैलाई मतदान गर्न नपाउने भएका छन् । उनको मतदान केन्द्र भद्रपुर १० स्थित कलवलगुढी आधारभूत विद्यालय हो । त्यस्तै, झापा १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य खरेलले झापा २ का देवराज घिमिरेलाई मतदान गर्न पाउने भएका छन् । खरेलको स्थायी घर बिर्तामोड ५ हो । उनको मतदान केन्द्र देवी मावि बिर्तामोड हो । 

ओलीविरुद्ध झापा ५ मा स्वतन्त्र उम्मेदवारी दिएका दीपककुमार (युग) पाठकको मतदाता नामावली काठमाडौं-७ मा रहेको छ । झापा ५ बाटै उम्मेदवारी दिएका नेश्नलिष्ट पिपल्स पार्टीका राजन चुँडाल, मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचे र स्वतन्त्र उम्मेदवार रामचन्द्र बानियाँले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । चुँडाल र बानियाँको मतदाता नामावली झापा २ मा र मेचेको झापा १ मा रहेको छ । 

त्यसैगरी, झापा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेशनका अक्कलबहादुर तामाङको मतदाता नामावली झापा १ मा छ । झापा २ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकाहरू नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायामली, जसपाका रामसुफल कामती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रेश्मा चेम्जोङ, लोसपाका त्रिनारायण राजवंशी र स्वतन्त्र उम्मेदवार राजकुमार लामा आफैलाई मतदान गर्न नपाउने भएका छन् । 

खायामलीको मतदाता नामावली भक्तपुर १ मा, कामतीको मतदाता नामावली झापा १ मा र चेम्जोङको मतदाता नामावली झापा ५ मा, राजवंशीको मतदाता नामावली झापा ४ मा र लामाको मतदाता नामावली काठमाडौंस्थित बुढानीलकण्ठ नगरपालिका ११ मा रहेको छ । 

त्यस्तै, झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका कृष्णगोपाल छुस्यावाग, राष्ट्रिय जनमुक्ति पार्टीका गजेन्द्र लिम्बू, स्वतन्त्र उम्मेदवार मनोरथ राजवंशी, मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बू लगायतले पनि आफैलाई मतदान गर्नबाट बञ्चित हुनु परेको छ । 

छुस्यावागको मतदाता नामावली भक्तपुर १ मा, लिम्बूको मतदाता नामावली ताप्लेजुङमा, राजवंशीको मतदाता नामावली झापा २ मा र लिम्बूको मतदाता नामावली झापा १ मा रहेको छ । यता झापा ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेसनका दिलीप धिमाल, नेपाल मजदुर किसान पार्टीका विक्रम कासिछवाले र स्वतन्त्र उम्मेदवार उठेका नन्दराज राई आफैलाई मतदान गर्न पाउने छैन । 

धिमालको मतदाता नामावली झापा १ मा, कासिछवालेको भक्तपुर १ मा र राईको सुनसरी ४ मा रहेको छ । जिल्लाको पाँच निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभाका सदस्यमा ९४ जना र प्रदेशसभा सदस्यमा ९८ जना चुनावी मैदानमा होमिएका छन् ।  

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.