मोटरसाइकल ठोकिदा दुईजना घाइते

मोटरसाइकल ठोकिदा दुईजना घाइते

बागलुङ: बागलुङ नगरपालिकामा  सवारी दुर्घटनामा परि दुईजना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार मालढुंगादेखि आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा ठोक्किदा दुईजना घाइते भएका हुन्।

घाइते दुवैजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक पर्वत कुश्मा पिपलटारीका  २३ वर्षीय रोहित भुषाल र काठेखोला गाउँपालिका बिहुँका १९ वर्षीय मनिष कँडेल गम्भीर घाइते भएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले जानकारी दिए । 
गम्भीर घाइते भएका कंडेललाई धौलागिरी अस्पतालमा प्राथमिक उपचारपछि पोखरा रिफर गरिएको छ । 

अर्को घाइते भुषालको धौलागिरी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.