झापाका २७१ मतदान केन्द्र अति संवेदनशील

झापाका २७१ मतदान केन्द्र अति संवेदनशील

झापा : भारतसँग सीमा जोडिएको झापाका २ सय ७१ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ। यहाँका २ सय ८५ मतदानस्थलमा ७ सय ६६ मतदानकेन्द्र छन्। 

खुला सीमाना र विभिन्न निर्वाचन विरोधी दल र समूहको प्रभावका हिसाबले झापाका धेरै केन्द्र अनि संवेदनशीलको सूचीमा राखिएको सुरक्षा स्रोतको भनाई छ। झापाका अन्य ३ सय ८१ केन्द्र लाई संवेदनशील र १ सय १४ केन्द्र सामान्यको सूचीमा रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पुष्टि गरे। झापामा निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान गर्ने र त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता बढाइएको छ। साथै निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि जिल्लाभर जनशक्ति परिचालन गरिएको जनाइएको छ। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनविरुद्ध देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने घोषणा गरेसँगै त्यस्ता गतिविधि रोक्न झापामा उच्च सुरक्षा सतर्कता बढाइएको प्रजिअ रिजालले बताए। ‘निर्वाचन लक्षित कसैले मर्यादा नाघेर सडक जाम गर्ने, आवागमन अवरोध गर्ने, संविधान विपरीत काम गर्नेलाई प्रशासनले आवश्यक कारबाही गर्छ, त्यस बारेमा प्रशासन सचेत छ,’ प्रजिअ रिजालले भने।

सबै प्रकारका मतदान केन्द्रहरूको निरन्तर प्रहरीले निगरानी गरिरहेको उनले बताए। जिल्लामा इजाजत लिएर सञ्चालन गर्दै आएका केही व्यक्तिले हातहतियार बुझाएको बताउँदै उनले भने, ‘नबुझाउनेहरूलाई नजिकको प्रहरी युनिटमार्फत फलो गरिरहेको छु।’

जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत मधु पोखरेलले दल तथा उम्मेदवारहरूले मात्र नभई सबैले निर्वाचन आचारसंहिता पालना गर्नु पर्नेमा जोड दिए। 

‘जिल्लामा केही छिटपुट रूपमा आचारसंहिता घटना उल्लंघन भएको छ,’ उनले भने, ‘गम्भीर रूपमा आचारसंहिता उल्लघंनका घटना भने भएको छैन।’ आचारसंहिता उल्लंघनका घटना रोकथामका लागि पाँचवटा निर्वाचन अधिकृतको कार्यालय, १५ वटै पालिकामा खटिएका कर्मचारी र प्रहरी परिचालन गरिएको उनले बताए।

मौन अवधि सुरु भएसँगै आचारसंहिता उल्लंघनका घटना बढ्ने भएकाले सो अवधिमा जानकारी गराइदिन सञ्चारकर्मीलाई उनले आग्रह गरे। 

जिल्ला मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जिल्ला निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.