पाँच पटकसम्म प्रधानमन्त्री हुँदा देश नबनाउनेले अब पनि बनाउँदैनन् : लिङ्देन

पाँच पटकसम्म प्रधानमन्त्री हुँदा देश नबनाउनेले अब पनि बनाउँदैनन् : लिङ्देन

गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले अहिलेसम्म देशका लागि केही नगरेको आरोप लगाएका छन्। 

उनले पाँच पटकसम्म देउवा प्रधानमन्त्री हुँदा देश विकास नगरेको र अब पनि नगर्ने बताएका हुन्। 

गोरखा २ को पालुङ्टारमा आयोजित चुनावी सभामा बोल्दै उनले यिनीहरूबाट देश बन्दैन भन्ने जान्दाजान्दै अमूल्य मत खेर नफाल्न आग्रह गरे।

'गठबन्धनले सरकार बनाउने मौका पाएछन् भने प्रधानमन्त्री बनाउने को हो भन्नुस् त ? शेरबहादुर देउवा होइन ?', उनले भने, 'उहाँ ७९ वर्षको उमेरमा अहिले पाँचौचोटी प्रधानमन्त्री हुनुहुन्छ। के अब ८० वर्षको भएपछि छैठौंचोटी प्रधानमन्त्री बन्दा यो देश बन्छ त,' उनले प्रश्न गरे।  

अहिलेको व्यवस्थाले परिवर्तनको नाममा एउटा राजा हटाएर सयौँ राजाहरू जन्माएको उनको तर्क थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.