राजविराज बजारमा आचारसंहिता विपरीत राखिएका चुनावी प्रचार सामग्री हटाइयो

राजविराज बजारमा आचारसंहिता विपरीत राखिएका चुनावी प्रचार सामग्री हटाइयो

राजविराज : निर्वाचन कार्यालयबाट खटिएको अनुगमन टोलीले बुधबार राजविराज बजार क्षेत्रमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक स्थानमा राखिएका झण्डा, टुल, व्यानर, झण्डाका तोरण, पोष्टर जिल्ला अनुगमन टोलीले हटाएको हो ।

चुनावी प्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरुबीच प्रचार सामग्री झुण्ड्याउने होडबाजी नै चलेको थियो। 

एकअर्काको देखासिकी गरेर सानादेखि ठूला पार्टीका उम्मेदवारसम्मले प्रचारशैली भड्किलो बनाउँदै लगेकाले अनुगमन र नियमनहुन जरुरी रहेको नागरिक समाजबाट आवाज उठेपछि आचारसंहिताविपरीत राखिएका झण्डा, तुल, व्यानर हटाइएको हो ।

सहरको स्वरुप नै बिग्रनेगरी आचारसंहिताविपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि सार्वजनिक स्थान, चोक, बिजुलीको खम्बामा झुण्डाइएका झण्डा, टुल, व्यानर, तोरण र पोष्टर निर्वाचनअनुगमन टोलीले हटाउन सुरु गरेको जिल्ला अनुगमन अधिकृत शरणहरी लुइँटेलले बताए।

सर्वदलीय बैठकमा राजनीतिक दलहरुले लिखित प्रतिबद्धता गरेपनि आचार संहिताविपरितका प्रचार सामग्री नहटाएपछि अनुगमन टोलीले नै झण्डा, टुल, व्यानर हटाउन सुरु गरेको जनाइएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, अनुमगमन अधिकृत लुइँटेल, जिल्ला निर्वाचन अधिकारी रमेश जोशीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीको टोलीले प्रचार सामग्री हटाइरहेको लुइटेलले बताए ।

निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थलवा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बावा संरचनालगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.