जात्रामा भोट माग्दै उम्मेदवार

जात्रामा भोट माग्दै उम्मेदवार

अछाम : मंगलबार अछामको गाज्रामा लागेको प्रसिद्ध डौठेगडा जात्रामा उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्थे ।

जात्रामा उम्मेदवारहरु नेता कार्यकतासहित भोट माग्न पुगेका थिए । अछामका विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्राको रौनक जारी छ । 

यसका साथै चुनावको माहोलले झनै चहलपहल बढाएको छ । अहिले उम्मेदवारहरु भोटमाग्न विभिन्न ठाउँमा आयोजना हुने जात्रामा पुग्न थालेका छन् । जात्रामा अधिकांश मतदाता पुग्ने भएकाले पनि उम्मेदवारहरुलाई भोट माग्न सहज भएको गठबन्धनका अछाम १ प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरबहादुर कुँवरले बताए । 

उनले भने,' यहाँको जात्रा जमघट हुने,सुख दु:ख साटासाट गर्ने माध्यम हो । जात्राहरु सांस्कृतिक धरोहर हुन् । मनोकांक्षा पूरा हुने बर्दादेवी माताको दैवी शक्ति छ। त्यसैले पनि हामी भोटको लागि जात्रामा पुगेका छौं ।जात्रामा सबै खुशी मनस्थितिमा भेटिन्छन्,आफ्ना एजेण्डा राख्न सहज पनि हुन्छ हामीलाई ।'
 
मसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यका उम्मेदवारहरू भोट माग्न जात्रामै पुग्न थालेका हुन् । जात्रामा एकैपटक धेरै व्यक्तिसँग भेट हुने भएकाले उम्मेदवारले भोट माग्ने उपाय अपनाएका हुन् । जात्रामा एकैपटक धेरै मतदाता भेटिने भएकाले उनीहरूसँग भेट गरी भोट दिन आग्रह गरेको गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार मेघराज खड्काले बताए । 

उनले भने,‘सबैका घर–घरमा पुगको छु तर पनि नभेटिएका मतदाता जात्रामा भेटिन्छन्, जात्राले सबैसँग भेटघाट गर्ने अवसर जुराउँछ । आफ्नो उम्मेदारीका बारेमा जात्रामै भेटिएका मतदातासँग कुरा राख्छु ।’

अहिले एमाले र गठबन्धनका उम्मेदवार आ-आफ्ना पक्षमा मत तान्ने प्रयासमा छन् । जिल्लाको प्रसिद्ध डौठेगडाको जात्रामा सहभागी भयौं,देउडा खेल्यौं,यसले झन् आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउँछ ।’जात्राको रौनकसँगै उम्मेदवारहरूका कुरा सुन्न पाउँदा रमाइलो लागेको डौठेगडा जात्रामा भेटिएका हरिस साउदले बताए । 

उनले भने,‘यसपटकको जात्रा निर्वाचनका कारणले फरक भयो, पूजापाठका साथै राजनीतिक कुराकानी पनि भयो । उम्मेदवारहरूसँग आफ्ना कुरा पनि राख्यौं ।’
 
खरबारीमै पनि उम्मेदवार

एकातिर जात्राको रौनक छ भने अर्कोतिर कामको चटारो छ । यहाँका स्थानीयहरु अहिले गहुँ छर्नमा व्यस्त छन् । अधिकांश स्थानीयहरु अहिले खेतबारीमै भेटिन्छन् । भोट माग्न उम्मेदवार खरबारीमै पुग्ने गरेका छन् । खेतबारीमै गएर भोट माग्ने गरेको एमालेका अछाम १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार झपटबहादुर बोहराले बताए । 

अहिले खेतबारीमा मतदाता रिझाउन उम्मेदवारहरु हलो समेत जोत्न थालेका छन् । उनले भने, ‘जनताले काम गरेकै ठाउँमा जाँदा उनीहरूका समस्या बुझ्न झन् सजिलो हुन्छ । त्यसैले काम गरिरहेकै ठाउँबाट भोट माग्ने काम गरिरहेका छौं ।’ 

गाउँघरमा कामको चटारो रहेकाले काम गरिरहेकै ठाउँमा गएर भोट मागिरहेको उनले बताए । भोट माग्ने बेला मात्र नेताहरुले अनेक उपाय अपनाउने जितिसकेपछि खासै वास्ता नगर्ने गरेको स्थानीय कौशिला साउदले बताइन् । उनले भनिन्, ‘निर्वाचनको बेलाजस्तै अरू बेला पनि नेताहरू गाउँ पसे विकास हुन बेर लाग्ने थिएन।'


बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा लागेको डौठेगडा जात्रामा भोट माग्दै प्रदेशसभा सदस्यका उम्मेदवार मेघराज खड्का। तस्बिर :अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.