घरायसी विवाद हुँदा श्रीमतीको हत्या,श्रीमान पक्राउ

घरायसी विवाद हुँदा श्रीमतीको हत्या,श्रीमान पक्राउ

झापा : श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । 

झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेका हुन्।

 बिहीबार बिहान ३ बजेतिर गोरडले आफ्नी श्रीमती सपनालाई करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार सामान्य घरायसी वादविवादको क्रममा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो।

 श्रीमतीको हत्या गर्ने रघुनाथलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.