मकवानपुरमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु
हेटौडा : धरान–चतरा सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका -४ छतिवनस्थित खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती गाउँपालिमा –५ बगेरी निवासी २७ वर्षीय सत्यमान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, बुधबार राति ८ बजेको समयमा हेटौंडाबाट हातिसुँडेतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ त ३४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडक छेउमा पल्टिएर दुर्घटना भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !