हामी भरिया हौं, जिम्मेवारीको भारी बोकाउनुस् : गोकर्ण विष्ट
गुल्मी : नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार तथा एमाले सचिव गोकर्ण विष्टले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको र जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन्।
आफूले जहिल्यै पनि जनताको सेवाका लागि राजनीति गरेको भन्दै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने बताए।
मालिका गाउँपालिका-५ को छापहिलेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विष्टले एमालेले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी आउने ठोकुवा गरे।
'पार्टीका लागि जिन्दगी होइन, जिन्दगीका लागि पार्टी हो', विष्टले भने, 'कसले कहाँ भोट हाल्यो यो महत्वपूर्ण होइन। महिला र किसानको जिन्दगीका लागि नेकपा एमालेलाई विजयी बनाउनुपर्दछ।'
जनताले तीन पटकसम्म निर्वाचित गरेर पठाएपछिको विकास र परिवर्तनमा जनताले प्रत्यक्ष महसुस गरेको उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !