अल्का अस्पतालमा मधुमेहका बिरामीको निशुल्क स्वास्थ्य परीक्षण
![अल्का अस्पतालमा मधुमेहका बिरामीको निशुल्क स्वास्थ्य परीक्षण](https://annapurnapost.prixacdn.net/media/albums/alka-hospital_20221114170429_08GwrCdhEe.jpg)
ललितपुर : अल्का अस्पतालले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।
विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरमा मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो।
निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी मधुमेहका बिरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए। एचबीएवान सी, पीपी र फास्टिङलगायतका ल्याव टेष्टमा पनि निशुल्क परीक्षण गरिएको उनले जानकारी दिए।
कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको थियो।
निशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकालाई २ हप्तासम्म 'फ्लोअप' गर्दा शुल्क नलाग्ने अस्पतालले जनाएको छ। त्यस्तै, अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा बिहान जनचेतनामुलक र्याली पनि निकालेको थियो।
अस्पताल परिसरबाट सुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुँदै अस्पताल प्राङगणमा पुगेर टुंगिएको थियो।
र्यालीमा अस्पतालका अध्यक्ष कुमार थापा, सञ्चालक रामेश्वर थापा, कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा लगायतकाको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)