गुल्मीमा घरभित्र मृत अवस्थामा महिला फेला
गुल्मी : जिल्लाको ईस्मा गाउँपालिका-५ स्थित दरिनढुंगामा आफ्नै घरभित्र महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
७४ वर्षीय जीवकला थापा सोमबार राति आफ्नै घरभित्र मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
प्रहरीका अनुसार मृतक वृद्धले लगाएका गरगहना समेत साथमा नभएको र बाहिर ढोकामा ताल्चा लगाएको बुझिएको छ।
प्रहरीले मृतक महिलाले लगाएका गरगहनाका लागि हत्या भएको हुनसक्ने अनुमान गरेको जनाएको छ। एकल महिला घरमा एक्लै बस्दै आएको बुझिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !