बस्तीमा छैन चुनावी सरगर्मी, सडक मर्मत नगरेकोमा स्थानीय चिन्तित

बस्तीमा छैन चुनावी सरगर्मी, सडक मर्मत नगरेकोमा स्थानीय चिन्तित

विराटनगर  : चुनाव आउन केही दिन बाँकी छ। तर, मोरङको क्षेत्र नम्बर ६ का बस्तीमा चुनावको रौनक छैन। यो प्रदेश १ को राजधानीसँग जोडिएको ग्रामीण भेगमा राजनीतिक दलको कुनै पनि चहलपहल देखिँदैन। 

निर्वाचन क्षेत्र नम्बर ६ (१) अन्तर्गत रहेको बुढीगंगा- २ को अमाही बस्तीमा मंसिर ४ गते हुने निर्वाचनबारे मतदाताले पनि  रुचि देखाएका छैनन्। 

कांग्रेका गढ मानिने सो बस्तीमा फाटफुट दलहरूको झण्डा बाहेक पोस्टर पनि लगाइएको छैन। स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट जितबहादुर थापा मगरले बुढीगंगाको वडा नम्बर २ मा आफूलाई मत नदिएको भन्दै आएका स्थानीयहरूले निर्वाचनप्रति चासो नदेखाएका हुन्। 

गत वर्षको निर्वाचनमा सो क्षेत्रबाट प्रदेश सभामा काग्रेसका चुमनारायण तबदार निर्वाचित भएका थिए। प्रतिनिधिसभातर्फ एमालेबाट लालबाबु पण्डित निर्वाचित भएका थिए। 

तबदार यस पटक प्रतिनिधिसभातर्फ समानुपातिकमा सिफारिस भए पछि मतदाताहरू माझ निर्वाचनको  माहोल नबेको स्थानीय बिहारी बिनले बताए।

सधैं आउने नेता नै प्रत्यक्षका उम्मेदवार नभएको र अरू नेता हालसम्म नआएकाले निर्वाचन जस्तो नलागेको उनले बताए।

विकासमा पछाडि परेको सो बस्ती तराई मुलका थारु समुदायको बाहुल्यता छ। गत वर्ष प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका लालबाबु पण्डित जितेर गएपछि हालसम्म नआएको उनले बताए। 

निर्वाचनको बेला मुहार नै परिवर्तन गर्ने भने पनि एक पटक विजययता नेताको अनुहार देख्न नपाएको उनले बताए। कांग्रेसबाट मेयर जिताए  पनि भोट नै नदिएको आरोप लगाउने कांग्रेस पार्टी प्रति स्थानीयहरू  झनै आक्रोशित छन्।

स्थानीय विरेन्द्र विश्वासले सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडिएकाले आफू घरआँगनमा कुनै नेता नआएको सुनाए। उनले वडाले पनि विकासको काममा वास्ता नगर्ने गरेको बताए। बाटोघाटोको समस्या हालसम्म हल नभएको स्थानीय बताउँछन्। 

मतदानको दिन आफूहरूले विश्वास लाग्ने नेतालाई मतदान गर्ने स्थानीयले बताए। 

नेपाली कांग्रेसका तर्फबाट गत निर्वाचनमा प्रदेश सासंद बनेका चुमनारायण तबदार असन्तुष्टहरूलाई मिलाउन व्यस्त छन्।

                  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.