अर्घाखाँचीमा तयारी पूरा

अर्घाखाँचीमा तयारी पूरा

सन्धिखर्क : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ।

एक प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारीसाधनको व्यवस्थापनलगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाइएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए। ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। एउटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा कारागारमा रहेका कैदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले जानकारी दिए। कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ।

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्मचारी, जनपथ र म्यादी गरी २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने डीएसपी मुकुन्द रिजालले जनकारी दिए। यस्तै निर्वाचनका लागि १ हजार १८ जना कर्मचारी खटिने जनाइएको छ। 

आसन्न निर्वाचनमा अर्घाखाँचीका १ लाख ६४ हजार ७ सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रबि अर्यालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.