प्रतिनिधि सभाका उम्मेदवारलाई भोट हाल्न प्रदेश सभा तर्फको मतपत्र दिएपछि...
गुल्मी: गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेस्थित छापहिले मावीको मतदान केन्द्रमा मतदाताले प्रदेश सभा तर्फको मात्र मतपत्र पाएपछि केहीबेर विवाद भएको छ ।
यो मतदान केन्द्रमा प्रदेश सभाका ५४ मत खस्दा प्रतिनिधि सभातर्फ एक मत पनि नखसेपछि यो विषय बाहिरिएको हो ।
छापहिले माविका मतदान अधिकृत बाबुराम पोखरेलका अनुसार प्रदेश सभाका ५४ मतपत्र खस्दा प्रतिनिधि सभाको मतपत्र नै नदिएपछि मतदान स्थगित गरिएको हो ।
मतदान स्थगित भएपछि समस्या समाधान गर्न सर्वदलीय बैठक बोलाइएको थियो ।
सर्वदलीय बैठकमा प्रदेश सभामा मतदान गरिएका मतदातालाई पुन: प्रतिनिधि सभामा मतदान गर्न दिईने सहमति भएपछि मतदान सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !