इन्द्र चौधरीको ‘नयाँ बनपाले’ सार्वजनिक

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ सार्वजनिक

काठमाडौं : रंगकर्मी तथा सञ्चारकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’(चित्रकथा) सार्वजनिक भएको छ। बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो।

वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। सो समस्यालाई न्यूनीकरण गर्न बालबालिकालाई सानैदेखि वातावरण संरक्षणसम्बन्धी ज्ञान वा चेतना जगाउने उद्देश्यले यो बालकथा सिर्जना गरिएको लेखक चौधरीले बताए। ‘यसको मुख्य विषयवस्तु वातावरण संरक्षण कसरी गर्नुपर्छ भन्ने नै हो’, चौधरीले भने, ‘यस विषयमा बालबालिकालाई सानैदेखि जलवायु परिवर्तनको समस्या बुझाउन र वातावरण संरक्षण गर्न उत्प्रेरित गर्नु हो।’

लेखक चौधरीका अनुसार रानाथारू जातिमा प्रचलित एक लोककथाबाट विषयवस्तु तथा पात्रलाई लिएर यो बालकथा सिर्जना गरिएको हो। ‘यसमा रानाथारू जातिमा प्रचलित लोककथाका पात्र र विषयवस्तुलाई बालशैलीमा ढालेर सरल भाषामा नयाँपन ल्याइएको छ’, उनले भने। 

अनन्त वाग्लेको सम्पादन रहेको यस बालकथाको चित्र अनुश्री लामाले बनाएकी हुन् भने यसको डिजाइन विपिन सोडारीले गरेका हुन्। सम्पादक वाग्लेले अहिलेको जल्दोबल्दो समस्या जलवायु परिवर्तनको कारण के हो ? भन्नेबारे जानकारी दिन र यसलाई जोगाउन के गर्नुपर्छ भन्नेबारे बालबालिकालाई सचेत गराउन यो बालकथाले महत्वपूर्ण भूमिका खेल्ने बताए।  

रंगकर्मी र पत्रकारका रूपमा काम गरिरहेका चौधरीले यो पुस्तक प्रकाशनसँगै बालकथाकारका रूपमा अर्को परिचय थपेका छन्। यो उनको यो दोस्रो बालकथा हो भने पुस्तकाकारका रूपमा प्रकाशित पहिलो बालकथा हो। यसअघि उनको द एसिया फाउन्डेसनद्वारा ‘ढोला फर्कियो त ?’ नामक बालकथा प्रकाशित छ। जुन लेट्स रिड नेपालको वेबसाइटमा पढ्न सकिन्छ। त्यसैगरी चौधरीको नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक अनुसन्धानात्मक पुस्तक पनि प्रकाशित छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.