सप्तरी २ मा सिके राउतको अग्रता कायमै, उपेन्द्र  पछ्याउँदै

सप्तरी २ मा सिके राउतको अग्रता कायमै, उपेन्द्र  पछ्याउँदै

राजविराज :  सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता फराकिलो बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार राउतले १ हजार ६३४ मत पाएका छन् ।

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले ६ सय ७० मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले ४ सय ९१ मत मात्र ल्याएका छन् । 

सप्तरीको प्रदेश सभा २ ९१० मा जनमत पार्टीका सतिशकुमार सिंहले १ हजार ७२९ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् । जसपाका शैलेन्द्रप्रसाद साहले ८ सय १४ मत र सत्ता गठबन्धनबाट लोसपाका सरोज कुमार मण्डलले ६ सय १९ मत ल्याएका छन् ।

सप्तरी २ ९२० मा पनि जनमत पार्टीका महेश प्रसाद यादवले १ हजार ४६७ मत ल्याएर अग्रता कायम गरेका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ७०४ मत ल्याएर पछ्याएका छन् भने जसपाका लक्ष्मण यादवले ५ सय १३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.