महेश बस्नेत भेट्टाउन झलनाथ खनाललाई सकस
इलाम : इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले निरन्तर अग्रता लिएका छन् । एमालेका बस्नेतले ८०५७ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाल खनालले ६८४९ ल्याएका छन् । पूर्व प्रधानमन्त्री खनालले माधव नेपालसँग मिलेर एमाले छाडेर एकीकृत समाजवादी बनाएका हुन्। बस्नेतले निरन्तर मत अगाडि बढाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !