सिके राउतको  जनमत पार्टीले सप्तरीबाट खाता खोल्यो

सिके राउतको  जनमत पार्टीले सप्तरीबाट खाता खोल्यो

सप्तरी : सप्तरीको क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यमा जनमत पार्टीले खाता खोल्दै विजयी सुरुवात गरेको छ। सप्तरी २ (२) मा जनमत पार्टीका महेशप्रसाद यादवले १३ हजार ३२५ मत ल्याएर विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जानकारी दिएको छ। 

उनको निकट्तम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा सिमित भएका छन्। जसपा नेपालका लक्ष्मण यादवले ५ हजार ६२१ मत ल्याएर तेस्रो स्थानमा रहे।

सप्तरीको प्रदेश सभा २ (१) मा पनि जनमत पार्टीका सतिशकुमार सिंह विजयको नजिक पुगेका छन्। उनले १४ हजार ३२२ मत ल्याएर अग्रता फराकिलो बनाएका छन्। जसपाका शैलेन्द्रप्रसाद साहले ६ सय ७४९ मत र सत्ता गठबन्धनबाट लोसपाका सरोजकुमार मण्डलले ५ हजार ४२८ मत ल्याएका छन्।

सप्तरी २ को प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मत गणना अनुसार उनले १३ हजार ७५९ मत ल्याएका छन्। गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले ६ सय ९५१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरको जम्मा २ हजार ८५७ मत पुगेको छ। 

हालसम्म क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा २५ हजार ४३९ मतगणना भएको छ। जसमा १ हजार ३३७ मत बदर भएको र २४ हजार १०२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जनाएको छ। सप्तरी २ मा ६७.९७ प्रतिशत अर्थात ६४ हजार ५६० मतदान भएको छ। अब ३९ जार १२१ मतगणना हुन बाँकी रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.