कपिलवस्तुमा लोडेड पेस्तोल सहित दाजुभाइ पक्राउ

कपिलवस्तुमा लोडेड पेस्तोल सहित दाजुभाइ पक्राउ

भैरहवा : कपिलवस्तुमा गोली लोडेड अटोमेटिक पेस्तोल र लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका-६ रजवापुरका ३४ वर्षीय लाला भन्ने जुल्फेकार अहमद मुसलमान र २६ वर्षीय नदिम अहमद मुसलमान रहेका छन्। पक्राउ परेका दुवै जना नातामा दाजुभाइ हुन्।

पक्राउ परेका दाजुभाइले आफ्नो घरमा हातहतियार खरखजाना र लागूऔषध ब्राउन सुगर लुकाएर राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको नेतृत्वमा खटिएको टोली छापा मारेर गोली लोडेड पेस्तोल र ब्राउन सुगर बरामद गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।

उनीहरूको घरबाट 'मेड ईन युएसए' लेखेको अटोमेटिक पेस्तोल र म्यागेजिनमा लोड गरिएको 'केएफ ७.६५' लेखिएको ६ राउण्ड गोली बरामद भएको कपिलवस्तु इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी शिव कुमार क्षेत्रीले बताए।

त्यस्तै ७५ ग्राम एक सय ५५ मिलीग्राम ब्राउन सुगर, विभिन्न दरका एक लाख ५३ हजार नेपाली रुपैयाँ, विभिन्न दरका चार हजार एक सय भारतीय रुपैयाँ, विभिन्न तेस्रो मुलुकका मुद्रा ६ थान, मोबाइल १३ थान, लागूऔषध तौल गर्ने डिजिटल मेसिन ४ थान बरामद भएको उनले बताए।

'हामीले उनीहरूको घरको कोठाबाट गोली लोडडेड पेस्तोल र ब्राउन सुगर बरामद गरेका छौँ' उनले भने, 'उनीहरूले कहाँबाट र किन घरमा पेस्तोल ल्याएर राखेका थिए, त्यो खुलेको छैन, अनुसन्धान पछि थप विषयहरू खुल्दै जानेछ।'

पक्राउ परेका दाजुभाइलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.