सप्तरीको प्रदेशसभामा जनमतको तेस्रो जित

सप्तरीको प्रदेशसभामा जनमतको तेस्रो जित

राजविराज : सप्तरीको प्रदेशसभा सदस्यमा जनमत पार्टीले लगातार तेस्रो जित निकालेको छ। प्रदेशसभा सप्तरी २ को दुवै सदस्यमा जित हासिल गरेको जनमत पार्टीले सप्तरी ३ (२) मा पनि ४८ मत अन्तरले जित हासिल गरेको हो।

जनता समाजवादी पार्टीका निवर्तमान प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव बिक्रीलाई पराजित गर्दै जनमत पार्टीका ईञ्जिनियर शम्भु कुमार साह विजयी भएका हुन्।

साहले १० हजार ८६२ मत ल्याएर विजयी हुँदा यादवले १० हजार ८१४ मतमा चित्त बुझाएका छन्। नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले ९ हजार २०१ मत ल्याए भने लोसपाका गजेन्द्रप्रसाद मण्डलले १ हजार ४९० मत ल्याए। 

सप्तरीको आठ प्रदेश सभा सदस्यमा सार्वजनिक भएको ३ वटा प्रदेश सभा सदस्यको परिणाम जनमत पार्टीको पक्षमा गएको छ। सप्तरीको बाँकी प्रदेश सभा सदस्यमा थप २ वटामा जनमत पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। 

जनमत पार्टीको तर्फबाट सप्तरीको १ (१) मा सकिल मियाँले ५ हजार ३५९ मतका साथ र ३ (१) मा रामप्रसाद मण्डलले ६ हजार ५३४ मतका साथ अग्रता लिएका छन्।

नेकपा (एमाले) का राजकुमार लेखीले सप्तरी १ (१) मा ३ हजार २५१ मतका साथ, नेकपा (एस) गोबिन्द बहादुर न्यौपानले ४ (१) मा ४ हजार ९७४ मतका साथ र स्वतन्त्रबाट अनिरुद्धकुमार सिंह यादवले ४ (२) मा २ हजार ६६८ मतकासाथ अग्रता कायम गरेका छन्।

प्रतिनिधिसभा तर्फ कांग्रेसबाट सप्तरी ३ मा दिनेशकुमार यादव र ४ मा तेजुलाल चौधरी, सप्तरी २ मा जनमत पार्टीका सिके राउत र १ मा जसपाका नवलकिशोर साह अग्रस्थानमा छन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.