दुई दशकपछि विरासत फर्काउँदै लमजुङ प्रदेश-१ मा कांग्रेसका गुरूङ विजयी

दुई दशकपछि विरासत फर्काउँदै लमजुङ प्रदेश-१ मा कांग्रेसका गुरूङ विजयी

बेसीसहर : लमजुङको प्रदेशसभा-१ मा नेपाली कांग्रेसका उमेदवार टकराज गुरुङ निर्वाचित भएका छन्। उनीसँग नेकपा एमालेका जमिन्द्रमान घले १ हजार १ सय ६१ मतले पराजित भएका छन्।
२०७० को संविधानसभा निर्वाचनमा यो क्षेत्रमा दुवैजना चुनावी मैदानमा उत्रिँदा घलेले ७ सय ९८ मतले गुरुङलाई हराउँदै संविधान सभाको यात्रा तय गरेका थिए। यसपटक तिनै घलेलाई पराजित गर्दै गुरुङले प्रदेश सभाको यात्रा तय गरेका छन्।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार निर्वाचित गुरुङले १८ हजार ५ सय ४ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी घलेले १७ हजार ३ सय ४३ मत पाएका छन्। निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन्।

यो क्षेत्रमा करिब दुई दशकपछि नेपाली कांग्रेसले आफ्नो विरासत फर्काएको छ। २०५६ सालमा कांग्रेसले चुनाव जितेको यो क्षेत्रमा २०६४ मा माओवादीका बुद्धिराम गुरुङले चुनाव जितेका थिए। २०७० मा जमिन्द्रमान घलेले चुनाव जितेका थिए। २०७४ को चुनावमा नेकपा एमालेका धनञ्जय दवाडीले जितेका थिए।

यसपटकको चुनावमा राप्रपाकी अप्सरा शाहले १ हजार १८ मत पाएकी छन्। मंगोल नेश्नल अर्गनाइजेशनका बृखबहादुर तामाङले ४ सय ५६ र जसपाका सरस्वति गुरुङले १ सय १५ मत पाएका छन्। कुल ३८ हजार ३ सय ८४ मत खसेकोमा ९ सय ४८ मत बदर भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.