रूपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रूपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

बुटवल : रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी भएका छन्। ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै घिमिरे विजयी भएका हुन्।

घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले २७ हजार १२० मत प्राप्त गरेका छन्।

१ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो। घिमिरे विजयी भए पनि अन्तिम घोसणाा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ।

समानुपातिक को मतगणना सम्पन्न भएको छैन, सो मा प्रत्यक्ष तर्फको मतपत्र हुन सक्ने समभावनालाई मध्यनजर गर्दै आधिकारिक अन्तिम घोसणा नगरिएको हो। मतान्तर धेरै रहेको उनको जीत निश्चित छ। पराजित शाह यसअघिका २ निर्वाचनमा सासद रहेकोमा अहिले ह्याट्रिक गर्ने सोचमा थिए, तिलोत्तमाका निवर्तमान मेयर बासुदेवले उनलाई पराजित गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.