सप्तरीबाट प्रदेश सभा सदस्यमा जनमत पार्टीका सकिल मियाँ विजयी

सप्तरीबाट प्रदेश सभा सदस्यमा जनमत पार्टीका सकिल मियाँ विजयी

राजविराज : सप्तरीको प्रदेश सभा १ (२) मा जनमत पार्टीले थप एक स्थानमा विजय हासिल गरेर जिल्लामा प्रदेश सभाको सङ्ख्या ४ पुर्‍याएको छ । बिहीबार सार्वजनिक परिणामअनुसार जनमत पार्टीका सकिल मियाँ १६ हजार १६० मतका साथ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा क्षेत्र नम्बर १, कञ्चनरुपका अनुसार प्रदेश सभा सदस्यमा मियाँले ६ हजार २७२ मतान्तरले जित हासिल गरेका हुन् । 

मियाँका निकट्तम प्रतिद्वन्द्वी जसपा नेपालका सुदम्बर यादवले ९ हजार ८८८ मत प्राप्त गरे । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बद्रीनारायण महात्मानले ६ हजार ६१० मत प्राप्त गरे ।
गत प्रदेश सभाको निर्वाचनमा उक्त क्षेत्रबाट राजपाका नवलकिशोर साहले विजयी हासिल गरेका थिए । उनी अहिले जसपाबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ सप्तरी १ मा जसपाका साहले १६ हजार ९३९ मतका साथ अग्रता बढाएका छन् । साहलाई जनमत पार्टीका जयकान्त राउतले १२ हजार ३६३ मतका साथ पछ्याइरहेका छन् । 

सप्तरी १ (१) को प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का राजकुमार लेखीले १० हजार नौ सय १ मतका साथ अग्रता बढाएका छन् । उनलाई जनमत पार्टीका शिवनन्दन महतोले ७ हजार ८६५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनबाट माओवादीका वेचनप्रसाद चौधरीले ५ हजार ५४५ मत प्राप्त गरेका छन् ।  

हालसम्म घोषित परिणाम अनुसार सप्तरीमा जनमत पार्टीले १ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यमा जित निकालेको छ । नेपाली कांग्रेसले १ प्रदेश सभामा जित हासिल गरेको छ । बाँकी प्रतिनिधि सभा १ मा जसपाका नवलकिशोर साह तथा ३ र ४ मा कांग्रेसका क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरीले अग्रता कायम राखेका छन् ।

प्रदेश १ (१) मा नेकपा (एमाले)का राजकुमार लेखी, ४ (१) मा नेकपा (एस) का गोबिन्द बहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्धकुमार यादवले अग्रता कायम राखेका छन् ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.