सप्तरीबाट प्रदेश सभामा न्यौपाने निर्वाचित

सप्तरीबाट प्रदेश सभामा न्यौपाने निर्वाचित

राजविराज : सप्तरीको प्रदेशसभा सदस्यमा गोबिन्द बहादुर न्यौपाने पुनः निर्वाचित भएका छन्। सप्तरी ४ (१) प्रदेश सभा सदस्यमा फराकिलो मतान्तरले न्यौपाने निर्वाचित भएका हुन्। 

न्यौपानेले ११ हजार ४२९ मत ल्याएर विजयी हुँदा उनका निकट्तम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले ५ हजार ५५८ मतमा चित्त बुझाए। एमालेका बालकृष्ण चौधरीले ५ हजार ८ मत मात्र ल्याए। 

गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट १५ हजार ११३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सिताराम साहले ११ हजार ३९५ मत ल्याएका थिए।  

न्यौपानेको परिणाम घोषणा भएसँगै सप्तरीको सबै आठ प्रदेश सभा सदस्यको परिणाम आएको छ। जसमा जनमत पार्टी ४, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक-एक स्थानमा विजयी हासिल गरेको छ। 

सप्तरीको ४ प्रतिनिधि सभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक-एक स्थानमा निर्वाचित भएका छन्। बाँकी रहेको सप्तरी ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार ३८० मतका साथ अग्रता बढाएका छन्। चौधरीलाई जसपाका बालकिशोर यादवले ८ हजार ४१८ मतका साथ पछ्याइरहेका छन्। जसपाका यादवविरुद्ध जसपाकै मो. कासिम मियाँले पनि उम्मेदवारी  दिएका छन्। उनले हालसम्म १ हजार २१६ मत बटुलि सकेका छन्। 

जसपाको विद्रोही समूहबाट सप्तरीको प्रदेश सभा ४ (१) मा महेन्द्र प्रसाद चौधरी र ४ (२) मा अनिरुद्ध सिंह यादवले समेत उम्मेदवारी दिएको थियो। जसमा अनिरुद्धले जसपाका अभिषेक यादवलाई पराजित गरी प्रदेश सभा सदस्यमा जितेका छन्। अभिषेक गत प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.