जसपाका सुरेन्द्र यादवलाई पराजित गर्दै कांग्रेसका महेन्द्र राय विजयी
महोत्तरी : नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । सतारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई ४ हजारभन्दा बढी मतअन्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत कार्यालयका अनुसार रायले २५ हजार ४२० मत प्राप्त गरी विजय हासिल गरेका छन् । पराजित भएका यादवले २१ हजार २९६ मत ल्याएका छन् । राय र यादवबीचको मतान्तर चार हजार १ सय २४ रहेको छ ।
त्यस्तै जनमतका मनोजकुमार साहले १० हजार ३९ मत प्राप्त गरेका हुन् ।
९८ हजार ८९६ मतदाता रहेको निर्वाचन क्षेत्र नं. ४ मा ६२ हजार ५२३ मत खसेको थियो। जसमा सदर मत ५८ हजार ७५० छ भने ३ हजार ७ सय ७३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय रामगोपालपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !