कर्णालीमा मुख्यमन्त्रीका आकांक्षीहरू विजयी

कर्णालीमा मुख्यमन्त्रीका आकांक्षीहरू विजयी

सुर्खेत : कर्णालीमा भावी मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेकाहरू विजयी भएका छन्। 

भावी मुख्यमन्त्रीको आकांक्षासहित मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचन लडेका ६ जना उम्मेदवारहरू नै विजयी भएका हुन्। 
     

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने आकांक्षासहित निर्वाचन लडेका राजकुमार शर्मा र विन्दमान विष्ट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। 

कर्णालीलाई आफ्नो आधार क्षेत्र दाबी गर्दै आएको माओवादीमा भावी मुख्यमन्त्रीका रूपमा यी दुई जनालाई नै हेरिएको छ। 

रुकुमपश्चिमको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका राजकुमार शर्मा २० हजार एकसय ६० मत प्राप्त गरी विजयी भएका छन्। यस्तै सुर्खेत क्षेत्र नं २ (ख) बाट उम्मेदवार बनेका विन्दमान विष्ट १३ हजार ९ सय ९ मतसहित विजयी भएका छन्। 

कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन भएमा शर्मा र विष्ट मध्ये एक जना मुख्यमन्त्री बन्ने देखिन्छ। माओवादीको कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष रहेका शर्मा माओवादी नेता तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्मा निकट हुन्। 

मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभा सदस्यमा विजयी भएका शर्मा नै भावी मुख्यमन्त्री बन्ने माओवादी स्रोतको दाबी छ। 

तर यसअघि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका विष्ट पनि मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशसभातर्फ नै उम्मेदवार बनेका थिए। 

माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत निकट भएको र यसअघि प्रदेश सरकारको मन्त्री भई अनुभव हाँसिल गरिसकेकाले पनि विष्ट नै भावी मुख्यमन्त्री बन्ने माओवादी कार्यकर्ता बताउँछन्।

नेकपा एमालेमा भावी मुख्यमन्त्रीको आकांक्षीसहित निर्वाचन लडेका यामलाल कँडेल र विनोदुमार शाह पनि प्रदेशसभाको सदस्यमा विजयी भएका छन्। 

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज कँडेल मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बनेका थिए। उनी सुर्खेत क्षेत्र नं २ (क) बाट १८ हजार ५ सय ६१ मतसहित विजयी भएका छन्। 

कँडेल यसअघि पनि प्रदेशसभा सदस्य थिए। तर तत्कालीन नेकपाभित्रको विवाद र विभाजनका कारण उनी त्यसबेला मुख्यमन्त्री बन्न सकेनन्। 

मुख्यमन्त्री बन्ने आकांक्षाकै कारण उनी यसपाली पनि प्रतिनिधिसभा त्यागेर प्रदेशसभातर्फ नै उम्मेदवार बनेका थिए। विजयी भएसँगै कँडेललाई एमालेभित्र भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिएको छ।

यस्तै मुख्यमन्त्रीका आकांक्षी एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाह पनि प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनी दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट ९ हजार ४ सय ६४ मतसहित विजयी भएका छन्। 

पार्टीको प्रदेश कमिटी अध्यक्ष शाहले मुख्यमन्त्रीको आकांक्षा राखेको भए पनि प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाएको खण्डमा नेता कँडेल नै भावी मुख्यमन्त्री बन्ने एमाले स्रोतको दाबी छ।

यस्तै नेपाली कांग्रेसमा पनि मुख्यमन्त्रीका आकांक्षीहरू प्रदेशसभाको सदस्यमा विजयी भएका छन्। पुनः मुख्यमन्त्रीमा दोहोरिने आकांक्षासहित हुम्लाको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही पनि प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

उनले ७ हजार ५६ मत ल्याएका छन्। दोस्रो पटक मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बनेका शाही विजयी भएसँगै कर्णालीमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुँदा उनी नै पुनः मुख्यमन्त्री बन्ने कांग्रेस स्रोतको भनाइ छ। 
यस्तै कांग्रेसभित्रै मुख्यमन्त्रीका अर्का बलिया दाबेदार जाजरकोटका राजीवविक्रम शाह पनि प्रदेशसभाको सदस्यमा विजयी भएका छन्। 

जाजरकोटको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य शाह १६ हजार ४० मतसहित विजयी भएका हुन्। 

पार्टीको केन्द्रीय नेतृत्वबाट भावी मुख्यमन्त्रीको आश्वासन पाएपछि नै प्रदेशसभाको उम्मेदवार बन्न तयार भएको र शाह नै अब कांग्रेसको तर्फबाट मुख्यमन्त्री बन्ने उनी निकट स्रोतको दाबी छ। 

कांग्रेसमा मुख्यमन्त्रीका अर्का आकांक्षी ललितजंग शाही भने पराजित भएका छन्। पार्टीको प्रदेश समितिका सभापति रहेका शाही जुम्लाको प्रदेश सभा (क) मा बागी उम्मेदवारी दिएका देबेन्द्रबहादुर शाहीसँग पराजित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.