बर्दिबासमा स्थगित भएको दुई घण्टापछि मतगणना सुरु

बर्दिबासमा स्थगित भएको दुई घण्टापछि मतगणना सुरु

बर्दिबास : करिब दुई घण्टासम्म रोकिएको मतगणना केही समय अगाडिदेखि सुरु भएको छ। मतगणनास्थलमा बसेको सर्वदलीय बैठकले समस्या समाधान गर्ने सहमति जनाएपछि दिउँसो ३ बजेबाट मतगणना सुरु भएको हो। 

जनमत पार्टी कार्यकर्ताले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध जनाएपछि मतगणना स्थगित गरिएको थियो।

पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतोका अनुसार गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको आरोप लगाएका छन्।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठले मुचुल्का उठाउँदा गरिएको समयमा त्रुटि भएको तर डेटा अपडेट गर्दा त्यो त्रुटि नहुने हुँदा मत अन्यत्र जाने कुरा असम्भव भएको बताएका छन्।

अन्य पार्टीमा मत गएको दाबी गर्दै आफ्नो मत संरक्षण गर्नुपर्ने माग गर्दै केहीबेर जनमतका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.