म्याग्दीमा ६ प्रतिशतसम्म मत बदर

म्याग्दीमा ६ प्रतिशतसम्म मत बदर

बेनी : मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा ३ देखि ६ प्रतिशत मत बदर भएको छ। 

पाँच वर्षअघिको चुनावको तुलनामा बदर मतको दर घटेपनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ। 

८६ हजार १२० जनामध्ये ५० हजार ३७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो। खसेको मत संख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदीबन्दी, जेष्ठ नागरिक र सुरक्षाकर्मी लगायत अस्थायी मतदाताहरूको हो।   

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजारर ६९९ मत खसेकोमा ४७ हजार ६१४ सदर र दुई हजार ८५ अथवा चार दशमलव ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए। 

प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार ३७८ मत खसेकोमा ४७ हजार ३३२ मत सदर र दुई हजार ६४६ अथवा ५.५९ प्रतिशत बदर भएको छ। 

सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६.५८ प्रतिशत मत बदर भएको छ। ४९ हजार ४५० मत खसेकोमा ४६ हजार ४८० मत सदर र तीन हजार ६० मत बदर भएको छ। प्रदेशसभाको क्षेत्र (१) मा २८ हजार ७०८ मत खसेकोमा २७ हजार ७४९ सदर र ९५९ अथवा ३.४५ प्रतिशत बदर भएको छ। 

प्रदेशसभा क्षेत्र (२) मा २१ हजार ९६ मत खसेकोमा २० हजार २६८ सदर र ७४८ अथवा ३)६९ प्रतिशत बदर भएको छ। एउटै मतपत्रमा धेरै चिन्हमा छाप लगाएको, कुनै मतपत्रमा छापनै नलगाई बाकसमा खसालेका, दुई वटा चिन्हको बिचमा छाप लगाएको, चिन्हको घेरा भन्दा बाहिर संकेत गरेर धेरै मत बदर भएको छ। 

प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न थिएन्। चारवटा मतपत्रमा छाप लगाउनुपर्नेमा केहीले दोस्रो, तेस्रो र चौथो मतपत्रमा संकेत गर्नुको साथै पहिलो मतपत्रमै चार ठाउँमा संकेत गरेका थिए। प्रत्यक्ष तर्फको तुलनामा समानुपातिकको मतपत्रमा संकेत गर्दा मतदाताले बिगारेका गणनामा संलग्न कर्मचारीहरूले बताएका छन्।  

मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले चुनावी तालमेल गरेपनि मतदाताहरूलाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर बताइएको छ। 

प्रत्यक्षतर्फको प्रतिनिधिसभाको मतदान अधिकृतले हस्ताक्षर नगरेको १२९ वटा मतपत्र भेटिएको थियो। तीनवटा मतदान केन्द्र रहेको मालिका गाउँपालिका-५ देविस्थानको १०४ र रघुगंगा गाउँपालिका-५ झिँको एक वटा मतदान केन्द्रको २५ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर थिएन्। 

यद्यपी गत वैशाख र २०७४ को तुलनामा पछिल्लो चुनावमा म्याग्दीमा बदर मतको दर कम देखिएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ८५ हजार ३७५ जना मतदाता रहेकामा ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेको थियो। खसेको मध्य ९२.४३ प्रतिशत मत सदर र ७.५७ प्रतिशत बदर भएको थियो। 

२०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ७५ हजार ५३७ जना मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो। समानुपातिकको प्रतिनिधिसभातर्फ ४० हजार ५२६ र प्रदेशसभामा ४२ हजार ६१६ मत सदर भएको थियो। 

समानुपातिकको प्रतिनिधिसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो। प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार २८६ (४.८१) र दुई वटै प्रदेशसभामा एक हजार ४८३ (३.१२) प्रतिशत मत बदर भएको थियो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गर्दै कर्मचारीहरू। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.