पालिकामा हारे, प्रदेशमा जिते

पालिकामा हारे, प्रदेशमा जिते

बेनी : स्थानीय तह निर्वाचनमा पराजय भोगेका नेकपा (माओवादी केन्द्र)का दुई जना नेता म्याग्दीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

म्याग्दीको प्रदेश क्षेत्र (१) विजयी हरिबहादुर भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा पराजित भएका थिए। 

प्रदेश (२) बाट निर्वाचित रेशम बहादुर जुग्जाली गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए।  

भण्डारी र जुग्जालीलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए। ३८ वर्षीय भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका नाताले मामा पर्ने देवेन्द्रबहादुर कटुवाललाई पराजित गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।   

भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत प्राप्त गरे। म्याग्दीको प्रदेश (क) मा ४८ हजार ४७२ मतदाता रहेकोमा २८ हजार ८९७ मत खसेको थियो। 

राप्रपाका प्रविन शाहीले दुई हजार ४९, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुनले एक हजार ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दूध गिरीले १२२ मत पाए।  

रघुगंगा गाउँपालिका-२ का भण्डारी नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिका अध्यक्ष हुन। भण्डारी र उहाँका प्रतिस्पर्धी कटुवाल रघुगंगा गाउँपालिका-२ भगवतिका हुन्। नाताले कटुवाल मामा र भण्डारी भान्जा पर्छन्। कटुवालकी आमा र भण्डारीकी हजुरआमा (आमाकी आमा) दिदिबहिनी हुन्। 

२०५६ सालमा भगवति गाविसको अध्यक्ष, २०७४ मा जिल्ला समन्वय समितिको प्रमुख, भूमि आयोगको पूर्व अध्यक्ष रहेका ५८ वर्षीय कटुवाल एमालेको जिल्ला उपाध्यक्ष हुदै पछिल्लो सम्मेलनबाट अध्यक्ष चयन भएका थिए। लामो राजनीतिक पृष्ठभूमि बोकेका कटुवाल र युवा उम्मेदवार भण्डारीको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो। 

प्रदेश क्षेत्र (२) मा माओवादीका जुग्जारीले एमालेका यामबहादुर गर्बुजालाई १०१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। जुग्जालीले आठ हजार ७२३ र गर्बुजाले आठ हजार ४९४ मत पाए। ३९ वर्षीय जुग्जाली १८ वर्षको उमेरमा तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा होमिएका थिए।  

मालिका गाउँपालिका-७ बिमका बासिन्दा जुग्जालीका पाँच दाजुबहिनी मध्य चार जना ‘जनयुद्ध’मा भूमिगत थिए। जुग्जालीकी श्रीमती ज्योती पनि ‘जनुयुद्ध’की भूमिगत कार्यकर्ता थिए। जुग्जालीका दाजु जितबहादुरको २०५८ मा सोलुखुम्बुको भिडन्तमा ‘सहिद’ हुन्।  

जनमुक्ती सेनामा भ्वाइस कमाण्डर बनेका जुग्जाली सेनाबाट २०६३ मा युवा संगठन वाइसीएलको संस्थापक जिल्ला सचिव बनेर सांगठनिक राजनीतिमा आए। 

वाइसीएलको सचिव हुँदा जुग्जालीको नेतृत्वमा म्याग्दीमा अनियमितता, भ्रष्ट्राचार र ठगी विरोधी अभियान सञ्चालन भएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका-७ बिममा वडा अध्यक्षमा जुग्जालीसहित स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएका थिए।

जुग्जाली र भण्डारीले प्रदेशका नीति निर्माणमा युवाको भावनाको प्रतिनिधित्व गराउने, सार्वजनिक सेवा प्रवाहलाई झञ्जटरहित र विकास निर्माणलाई गुणस्तरीय, दिगो र पारदर्शी बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.