नवनिर्वाचित महतोलाई ११० किलोको मालाले स्वागत

नवनिर्वाचित महतोलाई ११० किलोको मालाले स्वागत

गौशाला (महोत्तरी) : प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका लक्ष्मी महतोलाई गाउँवासीले ११० किलोको मालाले स्वागत गरेका छन्। 

आइतबार विजयी घोषित भएपछि हर्षबढाई कार्यक्रममा सहभागी भएका उनलाई स्थानीयले ११० किलोको माला लगाएर स्वागत गरे। 

इमली बजारस्थित हनुमान मन्दिरमा दर्शन गर्ने क्रममा महतोलाई निगौलवासीले सम्मान गरेका हुन्। बिहानैदेखि सुरु भएको विजयी जुलुश निगौलमा गई सम्पन्न भएको हो। 

सतारूढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गरी महतो प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।

२०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले माओवादी केन्द्र (बाम गठबन्धन)का उम्मेदवार पोखरेलसँग महतो पराजित भएका थिए। 

सो समयमा नेता पोखरेलले २३ हजार ७७६ मत ल्याएर निर्वाचित भएका थिए भने नेता महतोले १९ हजार ४९२ मत प्राप्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.