हत्याको ८ दिनपछि अन्त्येष्टि

हत्याको ८ दिनपछि अन्त्येष्टि

बाजुरा : बाजुरामा निर्वाचनको क्रममा हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको सोमबार ८ दिनपछि अन्त्येष्टि गरिएको छ। नेकपा (एमाले) बाजुराले चेतनका हत्यारालाई पक्राउ गरी कानुनी कारबाहीको मागसहितका आन्दोलत जारी राख्ने गरी अएडीको अन्त्येष्टि गरिएको हो। शव यात्रामा हजारौंको संख्यामा सर्वसाधारण सहभागी भएका थिए। 

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेस र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर नेपाली कांग्रेस समर्थक २५ वर्षिया सञ्जीव अएडीको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनाको आवेशमा आएका कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अएडीलाई कुटीकुटी बिभत्स हत्या गरेका थिए। हत्यामा संलग्न २२ जनाका नाममा चेतक अयडीका बुवा गगन अयडीले जिल्ला प्रहरी कार्यालयमा किटानी दिएका छन्। 

अयडी घरभित्र रहेको बेला तानेर उनलाईनिर्घात कुटपिट गरेको थियो। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए। अस्पताल पुग्नेबित्तिकै अएडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। बयलपाटा अस्पतालबाट पोष्टमार्टम गर्नका लागि चेतनको शव अस्पताल बाजुरामा ल्याइएको थियो।

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले चेतनको हत्यारा पक्राउ नगर्दासम्म चरणबद्ध आन्दोलन गर्ने बताएका छन्। शवको दाहसंस्कार गरिसकेका छौं तर हत्यारा पक्राउ नपर्दासम्म शान्तिपूर्ण आन्दोलन चलिरहेन थापाले बताएका छन्।

त्रिवेणी–७ मा दिउँसो मतदानको समयमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी–७ बस्ने सञ्जिब अएडीको मृत्यु भएको थियो। सञ्जिवको मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो। सञ्जीवको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीलगायत एमाले कार्यकर्तामाथि कुटपिट गरेको थियो। सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सञ्जीव अएडीको भने शुक्रबार आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.