सडक सञ्चालन नहुँदा उपभोग्य सामग्री लिन दुई दिनको पैदल !
मुगु: असोज १९ गतेदेखि २४ गतेसम्म लगतार परेको वर्षाले गमगढी-नाक्चेलाग्न सडक खण्डका विभिन्न भागमा पहिरो खस्यो । पहिरोले सडक अवरुद्ध भएपछि मुगुम कार्मारोङ गाँउपालिकाका धेरै विकास आयोजना अलपत्र परेका छन् ।
बाटो नहुँदा स्थानीयको दैनिकी पनि असहज बन्दै गएको छ । दैनिक उपभोग्य सामग्री लिन दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता छ ।
पहिरोले गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत सालिम गाड, सुनात र भडडाँडीको सडक पहिरोले बगाएको छ । सडक अवरुद्ध हुँदा मुगुम कार्मारोङ गाँउपलिका-६ रिउस बगरमा नेपाल पब्लिक कन्ट्रक्सनले निमार्ण थालेको १५ शय्या अस्पाताल, थोदुङ्ग क्यारभान जेबीले निमार्ण जिम्मा पाएको गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत छायल माँग्री डाँडा सडक साथै मुगुम कार्मारोङ गाँउपालिका, प्रदेश, संघीय सरकार र अन्य गैर सरकारी संस्थाले सञ्चालन गरेका आयोजना अलपत्र छन् ।

दैनिक उपभोग्य सामग्री लिएर हिँडेका स्थानीय

निर्माण सामग्री नहुँदा अलपत्र अस्पातल
प्रतिक्रिया दिनुहोस !