शैक्षिक सामग्रीसहितको झोला वितरण
महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकाले ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ।
शनिबार अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको हो।
नगरभरिका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत प्राथमिक तहका ४५ जना अपाङ्गता भएका छात्र छात्रालाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो।
नगरपालिकाको लक्षित कार्यक्रम अन्तर्गत उनीहरूलाई सो सामग्री वितरण गरिएको नगरप्रमुख हरि प्रसाद मन्डलले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !