भवन निर्माणका लागि जग्गादान गर्ने
भंगहा (महोत्तरी) : महोत्तरी भंगहा नगरपालिका-४ का रामउदगार महतोले अपांगता भएका व्यक्तिको हकहितका लागि भवन निर्माण गर्न जग्गादान गर्ने घोषणा गरेका छन्।
अन्तर्राष्टिय अपांगता दिवसका अवसरमा आयोजित कार्यक्रममा महतोले गाउँमा रहेको जग्गामध्ये १ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउने बताएका हुन्।
शारीरिक रूपमा अपांगता भएका महतोले व्यक्तिगत रूपमा स्थानीय महतोलाई वैशाखी प्रदान गरेका छन्।
भंगहा नगरपालिकाकी उपमेयर शान्तिदेवी सिंहले भवन निर्माणका लागि नगरस्तरबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले अपांगताको क्षेत्रमा नगरपालिकाले सदैव सहयोग गर्ने बताइन्।
कार्यक्रममा हीरालाल महतोले अपांगता भएका व्यक्तिलाई जनही ५ सय ५५ रुपैयाँका दरले रकम वितरण गरेका थिए। सो गाउँमा १५ जना अपांगता भएका व्यक्ति छन्।
प्रतिक्रिया दिनुहोस !