आन्दोलित विद्यार्थीहरू एक हप्ताका लागि निष्काशित

आन्दोलित विद्यार्थीहरू एक हप्ताका लागि निष्काशित

महोत्तरी : शैक्षिक सत्रको सुरुवातदेखि नै शिक्षक अभावको कारण देखाउँदै नियमित पठनपाठन नभएको भन्दै राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन्। 

उनीहरू आइतबार गौशाला औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि चक्काजाम गरेर प्रदर्शन गरेका हुन्। गेट अगाडि नै टायर बालेर सडक जाम गर्न पुगेका विद्यार्थीहरू नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने जोडदार माग गर्दै आएका छन्।
 

कक्षा ८ की छात्रा सरिता कुमारी महतोले भनिन्, 'अन्तिम परीक्षा आउनै लाग्यो तर कुनै विषयवस्तु पढाइ नै भएको छैन।'

विद्यार्थीहरूले शिक्षककै कारण पठनपाठन अवरुद्ध भएको भन्दै आफूहरू आन्दोलित भएको बताएका छन्। सम्बन्धित पक्षले बारम्बार झुठो आश्वासन देखाएर हामीहरूसँग प्रत्यक्ष रूपमा खेलवाड गरेको भन्दै आफूहरू आन्दोलित भएको विद्यार्थीहरू बताएका छन्। उनीहरूले जसरी पनि शिक्षकको पदपूर्ति भएर पढाइ लेखाइ हुनुपर्ने मुख्य माग माग्दै आएका छन्। 

आन्दोलित विद्यार्थीहरू एक हप्ताका लागि निष्काशित 

विद्यार्थीहरू आन्दोलित भएर विद्यालयमा अनुशासनहीन काम गरेको भन्दै विद्यालयले उनीहरूलाई कारवाही गरेको छ। 

प्रधानाध्यापक शुभकरण यादवका अनुसार विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एकहप्ताका लागि निष्काशन गरिएको जनाएको छ। 

आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख डा दिपेन्द्र महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादव लगायतका पदाधिकारी र अभिभावक समक्ष उनीहरूलाई एक हप्ताका लागि निष्काशन गर्नका लागि मौखिक आदेश दिएको प्रधानाध्यापक यादवले बताए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.