शिक्षकको माग गर्दा मेयरले विद्यालयबाट निकाले सय विद्यार्थी

शिक्षकको माग गर्दा मेयरले विद्यालयबाट निकाले सय विद्यार्थी

गौशाला : विद्यालयको अनुशासन तोडेर सडक जाम गरि सर्वसाधरणलाई दुःख दिएको भन्दै गौशाला नगरपालिकाका एक सय विद्यार्थी कारवाहीमा परेका छन् । आइतबार सडक जाम गरेर सर्वसधारणलाई दुःख दिने अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरले कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय जना विद्यार्थीलाई कारवाही गरेको हो।

विद्यार्थीका अभिभावकलाई विद्यालयमै बोलाएर मेयर डा.दीपेन्द्र महतोले अनुशासनको हकमा कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले बताए ।

विद्यार्थीहरुले शिक्षकको माग गर्दै औरही–गौशाला सडक खण्डमा टायर बाल्दै चक्का जाम गरी प्रदर्शन गरेका थिए । असारमै नगरपालिबाट भर्ना गरिएका ४ जना करारका शिक्षकको समयावधि सकिएपछि विद्यालयमा पठनपाठन प्रभावित हुँदै आएको थियो । नगरपालिकाले अन्य ठाउँमा शिक्षक पठाएर भएपनि पठन पाठन गराउँदै आएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

शिक्षक अभावमा पठनपाठन प्रभावकारी नभएपछि विद्यार्थी नियमित रुपमा स्कुलमै शिक्षक भर्ना गर्न मेयर महतोसँग माग गरेका थिए । मेयर महतो तीन दिनभित्र शिक्षक पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएको थियो । तर, विद्यार्थी अरुको उस्काहटमा लागेर टायर बालेर सडक जाम गरेपछि कारवाही गरिएको मेयर महतोले बताए।

मेयर महतोले भने, ‘चुनावको आचारसंहिता लागेकाले शिक्षक भर्ना प्रक्रिया रोक्नु परेको थियो । त्यसैले ढिलो भयो । ५७ पदका लागि आह्वान गरिएको ५ सय बढी शिक्षकले परीक्षा दिएका थिए । त्यसको नतिजा सार्वजनिक गर्न समय लाग्यो । अब छिट्टै शिक्षक स्कुलमा पठाउँछौं ।’

विद्यालयको अनुशासन तोडेका कक्षा ९ र १० का विद्यार्थीलाई एक हप्ताका लागि निष्काशन गरिएको मेयर महतोले बताएका छन् । अभिभावले बच्चाहरुलाई संस्कार नसिकाएसम्म गुणस्तरीय शिक्षा दिन नसक्ने उनले भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.