संसद सचिवालयले महाभियोगलाई निष्प्रभावि ठहर गर्न सक्दैन : पूर्वप्रधानन्यायाधीश शर्मा

संसद सचिवालयले महाभियोगलाई निष्प्रभावि ठहर गर्न सक्दैन : पूर्वप्रधानन्यायाधीश शर्मा

काठमाडौं: पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले प्रतिनिधि सभामा पेश भएको महाभियोगलाई संसद सचिवालयले  निष्प्रभावि ठहर गर्न नसक्ने बताएका छन्।

संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशरे जबरामाथिको महाभियोग तत्कालीन प्रतिनिधि सभामा पेश भएको र प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको जनाउँदै महाभियोग निष्प्रभावि भएको पत्र दिएको छ । 

‘प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको हुँदा निष्प्रभावि भएको ठहर गर्दै संसद सचिवालयले नियमित कार्य सम्पादनमा पठाउन मिल्दैन,’ पूर्वप्रधानन्यायाधीश शर्माले अन्नपूर्ण पोस्टसँग भने,‘नयाँ संसद अभिवेशनमा पेश नै भएको छैन । कसरी संसद सचिवालयले निष्प्रभावि भएको भन्न सक्छ ?’

संसद् सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी पत्रमा महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको उल्लेख छ ।
 
पूर्वप्रधानन्यायाधीश शर्माले जबराविरुद्धको महाभियोग नयाँ संसदमा जाने बताए । ‘संसदले निष्प्रभावि भएको भन्न सक्छ । संसद सचिवालयले होइन,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.